नयाँ संविधान राम्रोसंग नबुझाएकोले तराई मषेधमा विवाद उत्पन्न – पौडेल

पोखरा, २४ मंसिर-

नेपाली कांग्रेसका उप–सभापति रामचन्द्र पौडेलले तराई मषेधमा उत्पन्न भएको विवाद नयाँ संविधान राम्रोसंग नबुझाएको कारणले गर्दा भएको बताएका छन । नेपाली कांग्रेस कास्कीले विहिबार पोखरामा आयोजना गरेकोे कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति पौडेलले नेपालमा जारी भएको संविधान विश्वकै उत्कृष्ट मध्यको भएकोले यसको बारेमा तराइ मषेधमा समयमै राम्रोसंग वुझाउन नसकेको कारणले गर्दा आन्दोलन भएको बताएका हुन ।

कांग्रेस

सिमाङकन को बिषयमा पुर्व पश्चिम भन्दा उक्तरबाट सिमाङकन गर्न सके अवौं आम्दानी गर्न सकिने उपभापति पौडेलले दाबी गरे । उनले भने उत्तरमा खोला नाला, वन जंगल, चुरे लगायतको धेरै आम्दानीका बस्तुहरु भएकोले मषेधीहरुलाई यस बिषयमा बुझाउनु पर्ने छ । ” तराईलाई मात्र भन्दा हिमाल, पहाड र तराईलाई जोडेर संघियता कायम हुनु पर्ने उनको भनाई थियो ।

कांग्रेसले ल्याएको संविधान संसोधन प्रस्ताव नै समस्याको सामाधानको आधार हुने उनले बताए । आन्दोलनरत मधेशी दलहरुले कांग्रेसको प्रस्तावबाट सन्तुष्ट नरहेको बताएपनि केही आल टाल गरे पनि अन्ततः संसोधन प्रस्ताव नै समाधानको मुल आधार हुने पौडेलले दाबी गरे । कांग्रेसमा अन्य दलको प्रोपोगाण्डामा लागेर आत्मरतिमा रमाउने चरित्र हावी भएको उनले बताए । उनले भने “अब यस्तो पाराले अन्य दलसँग प्रतिष्पर्धा गर्न सकिदैन, हाम्रो पार्टीको हालत विचित्रको छ, अरुको प्रोपोगाण्डामा वैतर्नी तर्ने र आत्मरतिमा रमाउने चरित्र पार्टीमा हावी हुँदै गएको छ, यो समाप्त नगरेसम्म अन्य पार्टीसँग प्रतिष्पर्धा गर्न सकिन्न ।”

उनले छिमेकीको कुरा नसुनी संविधान जारी गरेर नेपालले दक्षिणलाई चिढ्याएको स्विकारेका छन् । उनले भने,–‘हो, हामीले संविधान जारी गर्दा भारतलाई पहिलोपटक चिढ्याएकै हो, तर अब मधेशको माग सम्बोधन गर्दा दोश्रो पटक चिढ्याउनु हुन्न ।’ गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर एक वर्षपछि पछुताएका एमाओवादी अध्यक्ष प्रचण्ड केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर एक महिनामै पछुताएको आरोप लगाए ।

आगामी फागुनमा हुने महाधिवेशनमा सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका पौडेलले कार्यकर्तालाई नेताको मूल्याङ्कन गर्न आग्रह गरे । उनले भने, “नेताले कार्यकर्ताको र कार्यकर्ताले नेताको उचित मूल्याङ्कन गर्नुपर्छ, तर कांग्रेसमा त्यो हुनै छाडेको छ । ” पौडेलले पार्टीमा विभाजनको रेखा अहिलेसम्म पनि कायम रहेको दाबी गरे । यसलाई मेटाउन भागवण्डाको अन्त्य गर्नुपर्ने उनको जोड थियो । आफ्नो उम्मेद्वारी आवश्यक रहेको उनको भनाई थियो ।

नेपाली कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाको अध्यक्षतमा भएको कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मा, साम्सद शारदा पौडेल, वृन्दा राना, कांग्रेस नेताहरु लालकाजी गुरुङ, सोभियतबहादुर अधिकारी लगायतले पार्टी भित्र अझै पनि एकता आवश्यकता भएकोमा जोड गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button