पोखराको दुर्घटनामा परेका व्यक्तिको ३ दिन देखि परिचय खुल्ल सकेन

फिस्टेलको आइसियुमा हालसम्म अचेत अबस्थामा

पोखरा न्यूज -२८, साउन । 

पोखराको चाइनापुलमा बसमा ठोकिएर घाइते हुन पुगेका एक व्यक्ति अझैसम्म अचेत अबस्थामा रहेका छन भने उनको हालसम्म परिचय समेत खुल्ल सकेको छैन।

शनिबार साँझ करिब ६ः३० बजेको समयमा अम्मरसिंह चोबाट पुथ्बीचोक तर्फ आउदै गरेको पोखरा बस व्यबसायि समितिको ग १ ख ६९९२ को बसमा करिब ५० बर्षको जस्तो देखिने पुरुष एकाएक ठोकिन पुग्दा सक्त घाइते भई हालसम्म अचेत अवस्थामा रहेका छन भने उनको हालसम्म कुनै परिचय खुल्ल नसकेको समितिले जनाएको छ । उनको हाल फिस्टेल हस्पिटलको सघन कक्ष (आइसियू) मा उपचार भइरहेको छ ।

उपचारमा संलग्न डा. बालगोपाल कर्मचार्यले उक्त व्यक्तिको टाउकोमा गहिरो चोट लागेका कारण हेड इन्जुरी भएको छ । उनको आज साँझ शलयकृया गर्ने समेत तयारी भएको डा.कर्मचार्यले जनाए । उनले भने “टाउकोमा उनको रगतको मात्रा बढ्दै गएको छ, यस्तो अवस्थामा फोहोर रगत टाउकोमा बढ्नु बढी जोखिम हुन सक्ने त्यस कारण हामीले जति सक्दो छिटो शल्यकृया गर्ने तयारीमा छौं । ”

हालसम्म ती व्यति अचेत हुनु र उनका आफन्त सम्पर्कमा नआउदा बस धनि तथा समितिका व्यक्तिलाई थप समस्या भएको बस धनि फडिन्द्र बरालले बताए । यदि ती व्यक्तिको कुनै आफन्तले चिन जान गरेको खण्डमा नजिकको प्रहरी कार्यालय तथा समितिका उपाध्यक्ष देवि क्विकेल को मोवाईल नम्बर ९८५६०२६०५० तथा बस धनि ९८५६०४५६७९ मा सम्पर्क गर्न आव्हान गरिएको छ ।

उक्त बस र चालकलाई कास्की प्रहरीले आफ्ने नियन्त्रमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button