विदेशी टिम क्यामरुनको डफिन्ससँग आर्मी स्तब्ध

डिएनबी, पोखरा न्यूज – २१, माघ ।

पहुना टोली क्यामरुनको डफिन्स टिम फेमेलीसँग त्रिभूवन आर्मी क्लब स्तब्ध भएको छ । पोखरामा जारी मनकामना केबलकार पोखरा कपको दोश्रो क्वाटरफाईनल खेलमा ४–१ को गोल अन्तरले पराजित गर्दै पाहुना टोली डफिन्सले आर्मीलाई स्तब्ध पार्यो ।

लिगको चौथो स्थानमा रहेको आर्मीले अग्ला कदका खेलाडीहरु सामु दबाबमा खेल्नु पर्यो । मदन मेमोरियल ईटहरी गोल्डकपको उपाधि जितेको त्रि–भूवन आर्मी क्लबले क्यामरुनी टोलीसँग पराजित हुदा क्यामरुनी टिम सेमीफाइनमा यात्रा बनाएको छ । आर्मीका नवयुग श्रेष्ठ, भरत खवास लगायत भरपर्दा खेलाडी बिना मैदानमा उर्तिदा पाएका केहि अवसर समेत सदुपयोग हुन नसक्दा पाहुना टोलीसंग पराजित हुनु पर्यो । क्यामरुनी टीमले पहिलो हाफमा १ गोल गर्यो भने दोश्रो हाफमा थप ३ गोल गर्यो आर्मीले भने दोश्रो हाफको ईन्जुरी समयमा सान्त्वना गोल गर्यो ।

क्यामरुनी क्लब डफिन्स टिम फेमेलीका लागि यानिक ओओनाले पहिलो हाफको ईन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको निर्धारित ४५ मिनेट सकिएपछि थपिएको दुई मिनेटमै गोल गरेका हुन । ईक्वेमको पासमा पेनाल्टी एरियामा अनमार्क रहेको यानिकले गोल गरेका हुन् । पहिलो गोल गरेर मनोबल माथि भएको क्यामरुनी टीमले दोश्रो हाफमा दबाबमा पार्दै आर्मीबिरुद्ध एकपछि अर्को गोल बर्षायो । क्यामरुनी टिमले खेलको ६० मिनेटमा यानिकले नै दोश्रो गोल गर्दै जित सुनिश्चित पारे ।

पेनाल्टी एरियामा रहेका उनले डिडेर टिनाको क्रसमा गोल गरेका हुन् । खेलको ६८ मिनेटमा प्नः अर्को गोल गर्दै क्यामरुनी टिमले गोल अन्तर फराकिलो पार्यो । अर्मेल अहाण्डाले एकल प्रयासमा गोल गरे । उनले बिपक्षी आर्मीका ३ डिफेन्डरलाई छल्दैै सेकेण्ड च्याप्दै गोल गरे । क्यामरुनले चौथो गोल भने खेलको निर्धारित समय ९० मिनेट सकिएपछिको इन्जुरी समयमा गर्यो । क्यामरुनका लागि थपिएको समयको पहिलो मिनेटमा ओको बोटाले गोल गरे । पेनाल्टी एरियामा पाएको बललाई उनले पोष्टमा दिशा दिएका हुन्। आर्मीका लागि विवेक बस्नेतले सान्त्वना गोल गरे । उनले निर्धारित ९० मिनेट सकिएपछि थपिएको ५ मिनेटको चौथो मिनेटमा गोल गरे । सोमबारको खेलमा क्यामरुनी टीमका लागि २ गोल गर्ने यानिक ओअना म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल पुलिस क्लवबिरुद्ध जापानको रिस्सो युनिभर्सिटी बिच तेश्रो क्वाटरफाईनल खेल हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button