सामुदायिक प्रहरीलाइ राजनीतिक हस्तक्षेप नगरौं डिआईजी–श्रेष्ठ

पोखरा, ६ असोज:

पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) पंकज श्रेष्ठले सामुदायिक प्रहरीलाई कुनै राजनीतिक हस्तक्षेप नगर्न आग्रह गरेका छन । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १० औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै डिआइडी श्रेष्ठले केह िसामुदायिक प्रहरी सेवामा राजनीतिक हस्तक्षेप हुन लागेकोले यसमा कुनै राजनीतिक हस्तक्षेप नगर्न आग्रह गरेका हुन ।

उनले भने कास्की जिल्लामा रहेका क्रियाशिल सामुदायिक सेवा केन्द्रहरुको कार्यक्रमहरु एवं गतिबिधी अत्यन्तै सकारात्मक, यसले समाज भित्र रहेका बिकृति बिसंगतीहरुको न्युनिकरण गर्नुको साथै जनता र प्रहरी बिचको,सम्बन्धबारे समेत सचेत बताएको छ । ” सामुदायिक प्रहरीले नेपाल प्रहरीको शान्ती सुरक्षा कायम गर्ने कार्यमा महत्वपुर्ण योगदान दिदै आएको बताएका डिआईजी श्रेष्ठले यसलाई निरन्तरता दिन आगह गर्दै सामुदायिक प्रहरीसंग नेपाल प्रहरी सधै समन्वय गर्न चाहेको जनाए । उनले औपचारीक कार्यक्रममा आसन ग्रहण र भाषणको कार्यक्रमलाई सक भर छोटो रुपमा आयोजना गर्न आयोजक संस्थाहरुलाई आग्रह गरेका छन । उनले भने “अब हामीले एउटा कार्यक्रममा दिन नै फाल्ने गरी आसन ग्रहण तथा भाषण गर्ने होईन अब आर्थिक विकासको लागि उत्पादनशिल क्ष्ोत्रमा समय विताउनु पर्छ, समय भनेको पैसा हो, यसलाई हामीले बुझनु पर्दछ । ”

सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीलाई बिशेष सहयोग गर्नु हुने पोखरा–१२ माटेपानी निवासी समाजसेवी शान्त कुमार श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरीएको छ  भने जिल्ला प्रहरी कार्यालय कास्की, कार्य समिति सदस्य दान बहादुर बस्नेत, पोखरा–६ बैदामका समाजसेवी गणेश बहादुर भट्टराई,  संस्थाका सचिव प्रेम बहादुर कार्की, पोखरा–९ शान्तीवनका बिशेष सहयोगी प्रकाश पहारी तथा रामघाट–११ पोखरा रामघाट संरक्षण उपभोक्ता समिति लाई सम्मान पत्रले सम्मान गरीएको हो ।

यसै गरी रेडियो अन्नपुर्णका कार्यकारी निर्देशक दिपेन्द्र श्रेष्ठ, शुभ लक्ष्मी ब्लक उद्योग कोत्रेका प्रोपाईटर भिम बहादुर थापा,  माउण्ट कैलाश रिसोर्ट पोखरा–६ बैदामका नरेश भट्टराई, कोषाध्यक्ष सीता अधिकारी, कार्य समिति सदस्य दुर्गा देवी पहारी, कमल हार्डवयर्स पोखरा–१७ बिरौटाका प्रोप्राईटर कमल भट्टराई, पुर्व अध्यक्ष एवं सल्लाहकार सीता गुरुङ पुर्व महासचिव एवं सल्लाहकार कृष्ण थापा, सल्लाहकार गोविन्द राज पहारी, सामुदायिक प्रहरी सेवा केन्द्र बगर, सल्लाहकार शेर बहादुर गुरुङ, पुर्व अध्यक्ष एवं सल्लाहकार गोमा ढकाल,  सामुदायिक सशक्तिकरण नेपाल लेखनाथ, गेट वे फाउण्डेशन नेपाल कास्कीका परामर्शदाता अमृत कुमार भट्टराइ द सिल्भर ओकेज ईन पोखरा–६ बैदामका प्रोप्राईटर जितु गुरुङ, रेन्बो रेष्टुरेन्ट पोखरा–६ लेकसाईडका प्रोपाईटर कमल के.सी., रेन्बो एडभेण्चर बैदाम–६ लेकसाईडका किशोर दाहाल, कार्य समिति सदस्य गौतम बिजुक्छे, मुस्कान क्लब पोखराका अध्यक्ष जैनव खातुन,  शिब शंकर प्रेसका याम बहादुर गुरुङ, ,लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह नेपाल पोखरा कास्कीकालाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो भने कार्य समिति सदस्य धन बहादुर बि.क., प्रहरी जवान बबिता मल्ललाई फुलमाला सहित प्रंशम्सा पत्रले सम्मान गरीएको छ ।

समिति कास्कीका अध्यक्ष बिष्णु बहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, बरिष्ठ मानव अधिकारवादी टेकनाथ बराल, नगर महिला समन्वय समिति पोखराका अध्यक्ष पबित्रा गुरुङ, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका सदस्य एवं सल्लाहकार सीता गुरुङ, कानुनी सल्लाहकार अधिवक्ता ज्ञानेश्वर पराजुली, पुर्व अध्यक्ष एवं सल्लाहकार गोमा ढकाल, संस्थापक अध्यक्ष मंगल बहादुर नेपाली, प्रथम उपाध्यक्ष ध्रुब बहादुर क्षेत्री, महासचिव चक्रपाणी सुबेदी, कोषाध्यक्ष सीता अधिकारी लगायतले नयाँ संविधानलाई स्वागत गरी देश विकासमा एक भएर लाग्न आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button