पोखरा १०, मंसिर-
एक करोडको राहत सामाग्रि वितरण गर्दै पोखरा लेकसाईडमा स्थापना भएको भूकम्प पिडित राहत संकलन पर्यटन समिति विघठन भएको छ । वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पबाट प्रभावितहरुको लागि सहयोग गर्ने उद्धेश्यले वैशाख १३ गते पोखरामा स्थापना भएको उक्त समितिले विहिबार २९ लाख २० हजार २ सय नगद सहित जिन्सि सामाग्रि गरी एक करोड मुल्य बराबरको राहत सामाग्रि भूकम्प प्रभावितहरुलाई वितरण गरीएसंगै विहिबार देखि उक्त समिसित विघठन गरीएको छ ।
खाद्य सामाग्रितर्फ १३ लाख २ सय, यातयात तर्फ १५ लाख, त्रिपाल तथा कम्वल तर्फ १२ लाख ३५ हजार, औषधितर्फ ७० हजार, लक्ता पडा तर्फ १ लाख ५० हजार र स्टेसनरीतर्फ १५ हजार खर्च भएको कोषाध्यक्ष लक्ष्मण बरालले बताए । विहिबार पोखरामा एक समारोहका विच भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने दाताहरुलाई प्रशंसा पत्र वितरण गर्दै उक्त समिति औपचारीक रुपमा समापन भएको समितिका संयोजक गणेश बहादुर भट्टराईले बताए । समितिसंग ३ लाख मुल्य बराबरको त्रिपाल र कम्वल रहेकोले उक्त राहत सामाग्रि पोखरा पर्यटन
पुनर्जागरण समितिलाई प्रदान गरेकोे छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने दाताहरुलाई प्रंशम्सा पत्र वितरण गर्दै राज्यलाई सहयोग पुग्ने गरी विपदको समयमा पर्यटन व्यावसायीहरुले पुराएको योगदानको पंशम्सा गर्दै हाल देशमा भएको संकटको वेलामा पनि सहयोग गर्न आग्रह गरेका छन । भूकम्प पछि पोखरा क्षेत्रबाट मिछेकी जिल्ला सहित भूकम्प प्रभावित क्षेत्रमा हवाई मार्गबाट २ सय ६७ टन राहत सामाग्रि र सडक मार्ग हुदै ३ सय १६ टन राहत सामाग्रि प्रदान गरेको उनले जनाए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी राउतले भने “हाल बजारमा माग र आपूर्तिको व्यवस्थापन नहुँदा बजारमा कालोबजारी मौलाएको छ । ” केहि संस्था वा होटल तथा रेष्टुरेण्टहरुको लागि केहि ईन्धन ल्याउन सहज बनाउदा केहि व्यक्तिहरुले त्यसलाई दुरुपयोग गरी पेशाको रुपमा कालोबजारी गर्दै आएकोले अब उनीहरु उपर प्रशासन कडा रुपमा उत्र्रिने उनले चेतावनी दिएका छन । देशमा हाल विग्रदै गएको आर्थिक व्याबस्थालाई सन्तुलन राख्न सवैले सहयोग गर्नु पर्ने उनले बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले केन्द्र सरकारले क्षेत्रलाई कहिल्यै प्राथमिकतामा नराखेको गुनासो गरे । पर्यटन व्यवसायी टिकाराम सापकोटाले यहि अबस्थामा दुूई साता अघि बढे पर्यटन क्षेत्र बन्द गर्नु पर्ने अबस्था आउने बताए । अभावैअभावले पर्यटन क्षेत्र गुज्रेको बताउदै उनले अभावको बेला कालोबजारी मौलाएको र त्यसलाई रोक्न स्थानीय प्रशासनले नसकेको बताए । पर्यटन व्यावसायी अग्नी कर्णेल, चौ बहादुर गुरुङ, लक्ष्मण बराल संजयान्त सिग्देल, जयराम तिमिल्सिना, दोर्जे लामा लगायतले भूकम्प पछि नेपाल भ्रमणमा
आएका पर्यटकहरुलाई सेवा सुविधा दिन नसेकेको कारणले यसले विश्व बजारमा दृर्घकालीन असर पर्ने भएको भन्दै चिन्ता व्यक्त गरेका छन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution