दुलही झै सिंगारीदै छ पोखराको लेकसाईड

पोखरा, ०९ पौष –

पोखराको पर्यटकीय क्षेत्र लेकसाईड यति वेला दुलही झै सिंगारिदै छ । अग्रेेंजी नयाँ बर्षको अवसरमा पोखरामा आयोजना हुने १७ औं सडक महोत्सव र क्रिसमस पर्वको अवसरमा आगन्तुक पर्यटकलाई स्वागत स्वरुप पर्यटन व्यावसायीहरुले सडक भरी धोजा पोतका तथा व्यानरहरु टाँगेर बाहिर झिलि मिली वत्ती समेत वालेर लेकसाईडलाई दुलही झै सिंगारदैछन ।

Hot Air Balloon Booking
Paragliding Pokhara

lakeside

सडक महोत्सव र क्रिसमस पर्वको अवसरमा लेकसाईड क्षेत्रमा दुई लाख भन्दा बढीको तुल व्यानरहरु टागिएको र बजारी भरी झिलीमिली पारीएको रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । उनले भने “क्रिसमस र नयाँ अग्रेजी बर्षको अवसरमा पोखरा आएका पाहुनालाई स्वागत गर्न हामीले यसरी सिंगार पटार गरेका हौं ।” रेवानले मात्र सिंगारपटार होइन सडक छेउछाउमा पर्ने होटल तथा रेष्टुरेण्टहरुले समेत सिंगार पटार गरेका छन ।

lakeside 2

यस्ता कार्यक्रमले पोखराको समग्र पर्यटनको विकास हुने पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले बताए । यस बर्ष भारतले नेपाल माथि नाकावन्दी गरेका कारणले गर्दा विदेशी तथा स्वदेशी पर्यटकहरु गत बर्षको तुलनामा केहि कम  सङख्यामा सहभागि भएको उनले बताए ।

pkr 1

“सकडकमै खाँउ, सडकमै नाचौं, सडकमै रमाऔं ” भन्ने मुल नाराका साथ अगेेंजी नयाँ बर्षको अवसरमा यही पुष १३ गतेबाट सुरु हुने महोत्सवको अन्तिम तयारी तिव्र पारिएको प्रचार संयोजक लक्ष्मण बरालले बताए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले गत बर्ष भन्दा यसबर्ष क्रिसमस पर्वको अवसरमा २० प्रतिशतले मात्र होटलको हाल अकुपेन्सी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button