तनहुँ तमु समाजले विविध कार्यक्रम गरी प्र ल्होछार मनायो

पोखरा, २ माघ –

पोखरा १० काजीपोखरीस्थित तनहुँ तमु समाजले विविध कार्यक्रम गरी प्र ल्होछार मनाएकोे छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

समाजघरमा कार्यक्रममा शुभकामना आदानप्रदान, उच्च शिक्षा, एसएलसी उतिर्ण, समाजका सहयोगदातालाई सम्मान, समाजका नयाँ सदस्यहरुलाई स्वागत, साँस्कृतिक कार्यक्रम, स्योकैं गरी प्र ल्होछार मनाएको हो ।

tanahu 2

तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा उहाँले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै आफ्नो अधिकार, पहिचान, तमुवानका लागि एक हुन आग्रह गर्नुभयो । उहाँले शिक्षा नै चेतना र विकासको आधार भएकाले शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालयमा प्राध्यापनरत डा. शिला गुरुङले शुभकामना व्यक्त गर्नुहुदै उच्च शिक्षाका लागि तमुहरुले पहल गर्न आग्रह गर्नुहुदै विद्यार्थीलाई सम्मान कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैको प्रोत्साहन हुने भएकाले यस्ता कार्यक्रममा समाजले निरन्तरता दिनुपर्ने बताउनुभयो ।

खाद्य संस्थानका पुर्व विभागिय प्रमुख कुलबहादुर गुरुङले ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै आफ्नो मौलिकता संरक्षण र एकताका लागि आग्रह गर्नुभयो ।

समाजका अध्यक्ष सुवेदार मेजर सम्शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सोमबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुहुदै ल्होछारको परिचय र महत्वका बारेमा चर्चा गर्नुभएको थियो भने सहसचिव मिन गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानति व्यक्तित्वहरुलाई अतिथि हुमबहादुर गुरुङ र समाजका अध्यक्ष सुमे सम्शेरबहादुर गुरुङले सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button