वाईसियल वडा नं. १० को वडा सम्मेलन सम्पन्न

  • पोखरा न्यूज
  • २०७३ बैशाख १३
वाईसियल वडा नं. १० को वडा सम्मेलन सम्पन्न

पोखरा, १४ बैशाख –

पोखरा उपमहानगर पालिका क्षेत्र नं. २ अन्तर्गतको एकिकृत माओवादीको सहायक संगठन वाईसियल वडा नं. १० को वडा भेलाले हरि बहादुर थापा “खली” को अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा डम्बर गुरुङ्ग “पप्पु”, सागर गुरुङ्ग “सक्करे” र सन्दिप नेपाली ,सचिवमा बसन्त भट्टचन, सह–सचिवमा सफल तामाङ्ग तथा कोषाध्यक्षमा पूर्णिमा तामाङ्ग रहेका छन् । सदस्यहरुमा गणेश तिमिल्सिना, अनिल गुरुङ्ग, प्रतिक शाही, ज्ञान बहादुर दुरा, रमेश पुन, गौरव सुनार, खेम गुरुङ्ग, कुमार गुरुङ्ग, सञ्जय गुरुङ्ग, चन्द्र पौडेल, सञ्जित गुरुङ्ग, निशान तामाङ्ग, खडक बहादुर तामाङ्ग, प्रविण गुरुङ्ग, रोहन पुन, आशिस राई, नविन श्रेष्ठ, सुनिता चौधरी रहेका छन् । सम्मेलन ले आशिष गुरुङ्गको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ जसको सदस्यमा श्रीकान्त अधिकारी र शिवराज भुर्तेल रहेका छन् भने ईन्चार्ज सूर्यबहादुर बानिया लाई चयन गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै वाईसियल नेपालका केन्द्रिय सदस्य एवं प्रदेश नं. ४ संयोजक सुमन देवकोटा “अब्दुल” ले गणतन्त्र र संविधान सभा एमाओवादी को महान १० वर्षे जनयुद्धको जगमा स्थापित भएको दाबी गर्दै अझै पनि कतिपय मुद्धामा एमाओवादीले आफ्नो फरक मत राखि नेपालमा संविधान जारी भएको र त्यसको रक्षा तथा कार्यान्वयन गर्न एमाओवादी सदैव तत्पर रहेको जनाउनुभयो ।

कार्यक्रममा युवा शक्ति भनेको देशको खम्बा हुन र यो देशको कायापलट गराउने युवा शक्ति भनेको एमाओवादीको सहायक सङ्गठन वाईसियल भन्दा अरु विकल्प नरहेको बताउनुभयो । उहाँले देशमा भईरहेका विभिन्न खाले विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध अब वाईसियल सशक्त भएर लाग्ने बताउनुभयो ।

विशेष अतिथी एमाओवादी कास्की जिल्ला उपाध्यक्ष गंगा पोखरेल ले वाईसियल जागेको र अब पोखरामा मात्र नभई देशव्यापी रुपमा जागेको यो शक्तिले नेपालको विकास को संवाहक हुने र त्यसले आमा नेपाली जनतामा पार्टीप्रतिको जनभावना बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्का अतिथी वाईसियल नेपाल का केन्द्रिय सदस्य एवं कास्की जिल्ला अध्यक्ष विनय थापा “क्षितिज” ले परिवर्तनका संवाहक युवा शक्ति भनेकै वाईसियल रहेको र वाईसियल भ्रष्टाचार बाट मुक्त भई समाजमा आफ्नो क्षमता देखाउन सफल हुनुपर्ने बताउनुभयो ।

वाईसियल वडा कमिटि १० का अध्यक्ष श्रीकान्त अधिकारी को अध्यक्षयतामा भएको कार्यक्रम मा वडा नं. १० का पूर्व सेक्रेटेरी हिमालय बख्रेल, जिल्ला सदस्य तोरण गुरुङ्ग, अखिल नेपाल खेलकुद महासंघ प्रदेश नं. ४ का संयोजक जीवन खाती, जनकलाकार संघका प्रदेश नं.४ का सचिव कल्पना थापा, वाईसियल नेपाल तनहुँका जिल्ला अध्यक्ष ईश्वर बस्याल लगायतले मन्त्वय राखेको कुरा कार्यक्रम का सञ्चालक एवं वाईसियल वडा नं. १० का सचिव सूर्यबहादुर बानियाले जानकारी दिनुभयो । उक्त कार्यक्रममा जनकलाकार संघ प्रदेश नं. ४ का सचिव कल्पना थापाले जनवादी गीत प्रस्तुत गर्नुभएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस