दोश्रो फिस फेष्टीवल बैशाख १७ गते देखि हुने

पोखरा, १४ बैशाख –

कास्कीको लेखनाथ नगरपालीकामा यही वैशाख १७ गते देखि १९ गतेसम्म दोश्रो संस्करणको फिस फेष्टीवल २०७३ हुने भएको छ । “बेगनास जाऔं, माछाका परिकारमा रमाऔं” भन्ने मुल नाराका साथ आयोजना हुने उक्त फेष्टीवल होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथको आयोजना, बेगनास डुंगा व्यवसायी समितिको सहआयोजनामा हुन लागेको मंगलबार लेखनाथमा आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

माछा व्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले यस बर्ष पनि फेष्टीवल हुने लागेको फेष्टीवलका संयोजक दामोदरभक्त थापाले बताए । उनका अनुसार फेष्टीवलमा २३ प्रकारका माछाहरु प्रदर्शनीमा राखिने भएको छ भने माछाको बारेमा जानकारी लिन चाहानेहरुको लागि मत्स्य अनुसन्धान केन्द्रबाट परामर्श दिने व्यबस्था समेत मिलाएको छ । यस क्षेत्रमा रहेका सात ताल, जैविक विविधता, मनोरम हिमश्रृखला, विभिन्न जातका रचाचुरुङगी, जंगली जिवजंन्तु लगायतको संरक्षण गर्न महोत्सवले सहयोग पु¥याउने होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथका अध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताए । यस क्षेत्रको पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्नु, आन्तरीक तथा बाह्यि पर्यटनको प्रवद्र्धन गर्न, यस क्षेत्रमा पाईने माछा, मह, कफि, जडीवुटिहरुको प्रचार प्रसार गर्नु, स्थानीय माछाको संरक्षण गर्नु साथै यस क्षेत्रमा पाईने माछाहरुको बारेमा जानकारी गराउनु, सवै सामाजिक संघ संस्थाहरुलाई एकतावद्ध गराई सहकार्य गर्न अभिप्रेरित गर्न, ताल संरक्षणमा योगदान पुराउन फेष्टीवलको मुख्य उद्धेश्य रहेको अध्यक्ष अधिकारीले बताए ।

महोत्सवका अवसरमा बेगनास तालमा महिला तथा पुरुष खुल्ला डुङ्गा दौड प्रतियोगिता, खुल्ला पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, माछा र खानाका परिकारहरु, माछाको परिकार बनाउने निशुल्कः तालिम, कफि प्रर्दशनी, जडीवुटि प्रर्दशनी, पप कन्सर्ट, लोकदोहोरी साथै स्थानीय कलाकारहरु, वाल उद्यान लगायतका कार्यक्रमका मुख्य आकर्षण रहेको अधिकारीले बताए । महोत्सवमा प्रबेस निःशुल्क रहेको छ । पर्यटन प्रवद्र्धनका लागि महोत्सवमा विभिन्न व्याकेजहरुको व्यवस्था गरीने अध्यक्ष अधिकारीले जनाए। ७० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरीएको फेष्टीवलमा करीब ५० लाखको कारोवार हुने अपेक्षा गरीएको उनले बताए । फेष्टीवल सम्पन्न गर्न करीब ९ लाख खर्च लाग्ने अनुमान गरीएको छ भने १२ लाख आम्दानी गरी वचत भएको ३ लाख रुपैया मध्य ३० प्रतिशत रकम बेगनासतालको संरक्षणको लागि खर्च गर्ने भएको आयोजकले जनाएको छ ।

लेखनाथ नगरपालीका कार्यालयका कार्यकारी अधिकृत लोक बहादुर भण्डारीले लेखनाथको फोहोर मैला व्याबस्थापनको लागि नगरपालीका गम्भीर भएको बताए । तालहरु अतिक्रमण हुनबाट बचाउन नगरपालीकाले लाग्ने बताउदै उनले लेखनाथमा पर्यटकको वसाई लम्वाउनको लागि केहि पार्कहरु निमार्ण गर्न लागिएको समेत जनाए । लेखनाथको आर्थिक तथा कृषि प्रवद्र्धन गर्न उक्त महोत्सवले थप टेपा पुराउने लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले बताए । लेखनाथमा हाल १ सय ५० भन्दा बढी माछा पोखरीहरु रहेको बताए । नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष रामप्रसाद तिमिल्सिनाले ताल संरक्षणमा लाग्न आग्रह गर्देै तालका वाधहरु समेत जोखिममा परेको बताए । मत्स्य व्यवसाय समिति लेखनाथका अध्यक्ष झलक जलारीले फेष्टीइवलमा करीब ४ ट्रन माछा विक्रि वितरण हुने तयारी भएको बताए । लि–वर्डका प्रतिनिधि लाक्पा शेर्पाले स्थानीय माछा संरक्षणमा लि–वर्ड समेत लागेकोले यसमा सवै पक्ष लाग्न आग्रह गरीन । तालबाट फाईदा लिनृेहरुले ताल संरक्षणमा बढी लाग्न उनले आग्रह गरीन । महोत्सवमा उपस्थित हुने आन्तरिक तथा बाह्य पर्यटकलाई माछाका विभिन्न परिकार खुवाउने अधिकारीले बताए । माछा संरक्षणको लागि पनि समितिले महोत्सवको अवसरमा तालमा माछाका भुरासमेत छाडने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button