पोखरामा अमेरिकन हिपहप कार्यक्रम हुने

पोखरा, १४ बैशाख – 

युवा बर्गहरुलाइ लक्षित गरी यही वैशाख १७ गते पोखरामा अमेरिकन हिपहप कार्यक्रम हुने भएको छ । अमेरीकन राजदुतावासको आयोजनामा वैशाख १७ गते पोखराको वसुन्धरा पार्कमा निशुल्क कन्सर्ट आयोजना हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । वैशाख ११ गते काठमाण्डौंको भृकुटी मण्डपमा भूकम्प स्मृति निशुल्क सार्वजनिक कन्र्सट भईसकेको छ ।

कन्र्सटमा बहुभाषी, बहुजातीयअफ्रिकी अमेरीका जापानी महिला आईशा फुकुशिमा र उनका ब्याण्डका साथमा लोकप्रिय नेपाली ब्याण्ड रविन एण्ड द न्यु रिभोलुसन र मिलन गुरुङ एण्ड द ब्याण्डले प्रस्तुती राख्ने भएको अमेरीकी राजदुतावासका सांस्कृतिक मामिला अधिकृत ह्वीलीयम हल्टनले बताए । हिपहप सांस्कृतिक तथा नेपालको युवा सक्रियता बिच सम्बन्ध स्थापित गर्नको लागि अमेरीकि दुतावासले हपिहप संङगीतकर्मी आइृशा फुशुशिमा र उनको ब्याण्डलाई नेपालमा आमन्त्रण गरेको उनले बताए । अमेरीकी कला व्यवसायहरु कर्याशाला गोष्ठी संचालन गर्न प्रस्तुती दिन र युवाहरुलाई परामर्श दिनको लागि पनि विदेश भ्रमण गरी यस्ता कार्यक्रम दिदै आएको हल्टनले जनाए ।

पत्रकार भेटघाट कार्यक्रममा गायक फुकुशुमा, अन्य कलाकारको समेत सहभागिता रहेको थियो । स्थानीय कलाकार मिलन गुरुङले यस्तो प्रकारको कार्यक्रम पोखरामा गर्न पाउनु पोखरेलीहरुको लागि ठुलो उपलब्धी भएको बताउदै कार्यक्रममा सहभागि हुन आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button