पोखरा, १४ बैशाख –
नेपाल मोवाईल वितरण संघ पोखरा शाखाका संयोजक शिवराज पहारीले अवैध मोवाईलहरुलाई निरुत्साहित गर्ने बताएका छन । बजारमा अवैध रुपमा भित्रिने गरेका मोवाईलको बजारलाइ व्यबस्थित पार्न पनि आफुहरु एक भएको बताउदै उनले भने “मोवाईलको स्वच्छ प्रतिष्प्रर्धा गर्न, अवैध रुपमा भित्रिएका मोवाईलहरुको कारोवारलाई नियन्त्रण गर्न पनि हामीहरु एक भएका हौं । ”
पोखरामा रहेर गण्डकी धौलागिरिमा मोवाईल होलसेल विक्री वितरण गर्दै आएकाहरु वीच हालै भएको एक भेलाले पहारीलाई संयोजकमा चयन गरिएको हो । पोखरा क्षेत्रमा करीब १२ वटा र गण्डकी तथा धौलागिरीमा गरी जम्मा करीब २० वटा विभिन्न मोवाईल होलसेलहरु रहेको संयोजक पहारीले जनाए । उनका अनुसार मासिक रुपमा गण्डकी धौलागिरीमा सामसुङ, कलर्स लगायतका विभिन्न मोवाईल कम्पनीहरुको करीब ८ करोडको कारोवार हुने गरेको छ ।
त्यसै गरी संघको सदस्यहरुमा शुशिलकुमार गुरुङ, दिनेश श्रेष्ठ, जीवन ढुङगना, नारायणप्रसाद सिग्देल, मनोहर श्रेष्ठ, लक्ष्मण खरेल, विनोद केसी, सुनिल श्रेष्ठ, रामचन्द्र पाण्डे, रमेश गौतम, मित्र कुँवर र नवराज वराल रहेका छन् । संघले होलसेलर र खुद्र विक्रेताहरुवीच केहि दिन अघि शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पनन गरेको छ । होलसेलर र खुद्रा व्यवसायी वीचको सम्बन्धलाई सुमधुर पार्नका लागि नयाँ वर्षको उपलक्ष्य पारेर शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution