किसानको उत्पादनलाई बजारीकरण गर्न आलु महोत्सव कोषेढुड्डा हुने – बस्नेत

पोखरा, २३ चैत्र –

आलु गाँउका रुपमा परिचित हेमजामा मंगलबार देखि सातौं हेमजा आलु महोत्सव शुरु भएको छ।

महोत्सवको उद्घाट गर्दै पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय पोखराका निर्देशक बेनी बहादुर बस्नेतले किसानको उत्पादनलाई बजारीकरण गर्न महोत्सव कोषेढुड्डा हुने बताए। महोत्सवले किसान र उपभोक्त विचको पुलको काम गरेको छ उनले भने–महोत्सव अरु भन्दा पनि किसानलाई नै प्रेरित गर्न तर्फ लाग्नुपर्दछ। उनले हेमजामा यसअघि नै खोलीएको राजमार्ग क्षेत्र कृषि उपज कारोवार केन्द्र सञ्चालन नहुनु दुखद रहेको बताए।

कार्यक्रममा कृषि विकास कार्याल कास्कीका वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइराला, नेपाली काँग्रेस वडा नं. २९ का सभपाति मधुसुदन त्रिपाठी, नेकपा एमाले वडा नं.२७ का अध्यक्ष मिनबहादुर थापा, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तमबहादुर रोक्का मगर, ओम विकास वैकका कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, समाजसेवी भिमप्रसाद श्रेष्ठ, गौरीशंकर वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्वरसिंह वस्नेतले बोलेका थिए।

महोत्सव उद्घाटन अघि हमेजाको मिलनचोकबाट विहान विभिन्न संघसंस्था आमा समुह तथा क्लवहरुले विविध साँस्कृतिक झल्कने झाँकी तथा रयाली निकालेका थिए ।

alu mahotsav 2

महोत्सवको पहिलो दिन भित्र वाहिर गरेर पाँच लाखको आलुको कारोवार र १० हजार दर्शककले महोत्सवको अवलोकन गरेको प्रचार प्रसार उपसमिति संयोजक परशुराम अधिकारीले जानकारी दिए । महोत्सवमा आलुको मुल्य ३२ रुपैया कायम गरिएको छ भने महोत्सवमा प्लािष्टक झाला तथा गिलास पूर्ण रुपमा निषेधित गरिएको छ। महोत्सवमा ४५ टनको आलुको पहाड वनाईएको छ।

सुन्दर ठाउँ हेमजा जाऊ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ३० गते सम्म हेमजाको विष्णुपादुका खेलमैदानमा चल्ने छ। विविध कृषि उत्पादनको प्रवद्र्धन तथा कृषि पर्यटनको प्रचार प्रसारका गर्ने उद्देश्यले महोत्वको आयोजना गरिएको हो। महोत्सवमा १२ वटा आलुका परिकार स्टल ५० वटा व्यवसायी स्टल ३० वटा कृषी प्रविधि प्रदर्शनी १ वटा प्राथमिक उपचार केन्द्र र १ वटा सुचना केन्द्र ९४ वटा स्टल रहेको स्टल व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र थापाले जानकारी दिए।

महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शन आलुको ठुलो पहाड निर्माण, आलुको विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोक दोहोरी तथा साँगितिक समूहको प्रस्तुति, स्थानीय भेषभुषा झल्कने साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानीज सुन्तलाको प्रदर्शनी, कृषि प्रदर्शनको अनुगमन, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनीह, महिलाहरुको कृषि गीत प्रतियोगिता सञ्चालन हुने छ।

महोत्सवमा सेति नदी रयाफ्टिड्ड जीपलाइन फ्लायर-बन्जी जम्प, प्याराग्लाईडिड्ड टिकट उपलब्ध गराइने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ। महोत्सवमा थप आकार्षणको रुपमा अष्ट्रिज, इमु, उट, फाईटर, सिल्की, टर्की, खरायो, लौकाट र अष्ट्रिचको चार किलाको अण्डा राखिएको छ।

महोत्सवमा वुधवार लोकदोहोरी गायक राजु परियार, जिवन दाहाल लगाएतका कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक उपसमिति संयोजक विजय केसीले जानकारी दिए ।

महोत्सव मुल आयोजक समितिका संयोजक रमेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा कोषाध्यक्ष महेन्द्रसिंह थापाले स्वागत र महासचिव वसन्तकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button