पोखरा, ७ जेठ –
पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले ‘तालदेखी तालसम्म’ साइकल यात्रा सुक्रबार देखि शुरु भएको छ । फेवाताल र रारा तालबीच सम्बन्ध स्थापित गर्न पनि पोखराको बिरौटा क्लवको आयोजना तथा साईकल सिटी पोखराको सहआयोजनामा एक हप्ते साईकल यात्रा सुक्रबारबाट सुभारम्भ भएको हो ।
टोलीमा एक जना बिदेशीसहित साईकल यात्रामा २९ जना सहभागि भएको बिरौटाका क्लवका अध्यक्ष सूर्य वरालले बताए । मुगुको हिमदय निमाविको खेलमैदान निमार्णमा सहयोग गर्ने उद्धेश्यले पछि आफुहरुको साईकल यात्रा आयोजना भएको उनले बताए ।
टोलीलाई सुक्रबार विहान पोखराबाट विदाई भएको साइृकल सिटिका सल्लाहकार निरज थापाले बताए । टोलीलाई फेवा तालको किनार बाराहीघाटमा एक कार्यक्रम गरेर क्लस र पोखरा सिटिले विदाई गरेको हो । टोली शुक्रबार सुर्खेत र शनिबार जुम्ला पुगेर बास बस्नेछ भने आइतबार रारा पुग्ने थापाले बताए । टोलीमा सहभागिहरुले अप्ठ्यारो बाटोमा साईकल र सुगम ठाउँमा गाडी हुदै यात्रा हुने भएको अध्यक्ष बरालले बताए । टोलीले २४ घण्टा रारा ताल अध्यन अवलोकन सहित सो क्ष्ोत्रमासमय बिताउने भएको छ ।
पोखरा र मुगु तथा फेवा र राराबीच सम्बन्ध स्थापित गरेर दुवै ठाउँमा पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजित कार्यक्रमको अवसर पारेर वृत्तचित्र ‘सुनकली’ कि प्रमुख पात्र सुनकली अध्ययन गरेको विद्यालयमा खेल मैदान निर्माणका लागि सहयोग रकम पनि प्रदान गरिने अध्यक्ष वरालले जानकारी दिए । ‘सुनकली’ वृत्तचित्रमा मुगुको दुर्गम गाउँमा खेल मैदानको अभावका बाबजुद सुनकलीसहितको टोलीले फुटवल खेलेर उपाधि जितेको देखाइएको छ ।
साईकल रयाली १३ बर्षका वालक सालु घिमिरे देखि ६५ बर्षका निजर थापा सहितका सवै उमेर समुहका व्यक्तिहरु सहभागि भएका छन भने ५ जना महिला साईकल यात्रामा रहेको अध्यक्ष बरालले जनाए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution