गोली प्रहारबाट एक किशोरीको मृत्यु

डोटी, २९ जेठ –

डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ ।

डोटीको पचनाली गाविस–६ की २० वर्षीया मीना साँउदको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको बताइएको छ । शुक्रबार राति ८ः३० बजे आफ्नो घरमा चाउचाउ पकाइ रहेका बेला एक्कासि बन्दुक पड्केको आवाज आएको र भान्सामा हेर्दा युवती ढलेको अवस्थामा फेला परेको एक स्थानीयले बताए ।

एक हप्ता अगाडि मात्रै बिदामा घर आएकी मृतक साँउद धनगढी, कैलालीमा अध्ययनरत विद्यार्थी हुन् । गोली पड्केको आवाज आएपछि उनका घरमा पुगेका स्थानीयले तत्काल उपचारका लागि सुजङ्ग अस्पताल राजपुरमा पुरयाउन नपाउँदै साँउदको मृत्यु भएको छ । साउँदको पछाडिपट्टिको दायाँ हातको पातामा गोली लागेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।

घटना के कति कारण कसले हानेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button