बेवारिसे अवस्थामा २६ राउन्ड गोली

पोखरा, २९ जेठ –

पोखरा उपमहानगरपालिकाको फिर्के खोला सरसफाइ गर्दा आज बिहान बेवारिसे अवस्थामा २६ राउन्ड गोली फेला परेको छ ।

खोला सरसफाइ अभियानका क्रममा बेवारिसे अवस्थामा नीलो झोलामा ७.६२ एमएम एसएलआर राइफलको २४ राउन्ड गोली र ९ एमएम पेस्तोलमा लाग्ने दुई राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button