तातोपानीको लिपिङ खोला जलविद्युत निर्माण हुने

चौतारा, २९ जेठ –

सिन्धुपाल्चोकको तातोपानी गाविस–३ स्थित लिपिङ खोला जलविद्युत आयोजना निजी क्षेत्रबाट निर्माण गरिने भएको छ ।

हिमरिभर हाड्रोपावर कम्पनीको तीन अर्ब लगानीमा निर्माण गरिने १६।२६ मेगावाटको उक्त आयोजनाको शुक्रबार नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता ९पिपिए० भएको प्रबन्ध सञ्चालक रामकाजी पौडेलले जानकारी दिनुभयो ।

आयोजनाको लागि प्रवेश मार्ग बनाउनुनपर्ने हुँदा केही सस्तो पर्ने बताइएको छ । विसं। २०७७ साल वैशाखमा सम्पन्न गर्ने लक्ष रहेको सो आयोजना गौरिशंकर संरक्षण क्षेत्र र नेपाल – चीनको सीमानामा पर्दछ ।

उक्त आयोजनाको वातावरणीय प्रभाब मुल्याङ्कनको कामसमेत सम्पन्न भइसकेको छ । विद्युत विकास विभागबाट केही दिनभित्रै उत्पादन अनुमति प्राप्त हुने प्रवन्ध सञ्चालक पौडेलले बताउनुभयो ।

एक हजार १०० मिटर पेनस्टक पाइप र एक हजार ३०० मिटर हेडरेस पाइपद्वारा पानी खसालिने आयोजनाको हेड ८०० मिटर रहने छ । त्यहाँ उत्पादित विद्युतलाइ ३४ किलोमिटर प्रशारण लाइनमार्फत लामोसाँघुस्थित सब स्टेसनमा आवद्ध गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।

जिल्लामा यो बाहेक निजी क्षेत्रबाट छ वटा आयोजनाको निर्माणकार्य भइरहेको छ । कुल २१२।९ मेगावाटका ती आयोजनाबाट आगामी एक वर्षदेखि दुई वर्षभित्र १७३।९ मेगावाटको पाँच वटा आयोजना सम्पन हुने छन् भने ३९ मेगावाटको एक आयोजनामा चार वर्षभित्र सम्पन्न गरिने कार्यक्रम रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button