नेप्सेको इतिहासमै बढी सेयर कारोबार

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ ३२
Post Thumbnail

काठमाडौँ, ३२ जेठ –

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को इतिहासमा पहिलोपटक रु दुई अर्बभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ । नेप्से परिसुचक १६ दसमलव १४ पुगेको छ।

नेप्सेमा आज सबैभन्दा बढी रु दुई अर्ब १९ करोड ७८ लाख ५९ हजार ८५७ मूल्यको सेयर कारोबार भएको नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिनुभयो । नेप्से अहिलेको स्वरुपमा विसं २०५० देखि सञ्चालनमा आएको हो ।

आज १३४ कम्पनीका ३७ लाख ५१ हजार ६३५ कित्ता सेयर किनबेच भएका छन् । यसअघि नेप्सेमा सबैभन्दा बढी रु एक अर्ब ९६ करोड मूल्यको सेयर कारोबार भएको नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले बताउनुभयो । बजारमा तरलता बढेको, ब्याजदर घटेको, सस्तो ब्याजदरमा ऋण उपलब्ध हुन थालेको, सुरक्षित लगानीका लागि अर्को विकल्प नपाएको लगायतका कारण दिनहुँ सेयर कारोबार बढ्दै गएको अर्थविद्को भनाइ छ । सेयर कारोबारमा कमाई हुन थालेको भन्ने मानसिकताले यस क्षेत्रमा नयाँ लगानीकर्ता थपिएका छन् ।

पछिल्लो समयमा बीमा क्षेत्रमा सेयरको कारोबार ह्वात्तै बढेको सहायक प्रवक्ता पराजुलीले जानकारी दिनुभयो । वाणिज्य बैंकले जस्तै बीमा कम्पनीले पनि अधिकृत पुँजी बढाउनुपर्ने कानुनी व्यवस्था छिट्टै आउन सक्ने भन्ने मानसिकताले बीमा कम्पनीको कारोबारमा वृद्धि आएको हो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस