पोखरान्युजडटकम, ३ असार –
अन्तराष्ट्रिय ओलोम्पिक दिवस तथा अन्तराष्ट्रिय ह्याण्डबल दिवसका अवसरमा कास्की जिल्ला विद्यालय ह्याण्डबल संघको आयोजनामा असार ६ देखि ९ गते सम्म दोश्रो एकता अन्तर विद्यालय छात्रा-छात्र ह्याण्डबल प्रतियोगित हुने भएको छ । प्रतियोगितामा ४० टिमको सहभागिता रहने छ ।
पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अशोक शाहीले सो बारे जानकारी गराउँदै प्रतियोगितामा छात्रा तर्फ २० र छात्र तर्फ २० टिमको सहभागिता रहने बताए । उक्त प्रतियोगिताको प्रायोजन एकता पव्लिकेशन हाउस काठमाडौले गर्ने भएको छ । नेपाल ह्याण्डबल संघको तत्वाधानमा आयोजना हुने प्रतियोगिताको नेपाल आलोम्पिक कमिटीको समेत सहयोग रहने भएको संघका सचिव खिम गुरुङ्गले जानकारी गराए ।
प्रतियोगिता सम्पन्न गर्न करिव २ लाख ७० हजार खर्च लाग्ने र सम्पु्र्ण खेलहरु सशस्त्र प्रहरी बलको श्री कालिका गणको खेल मैदान मालेपाटन हुने भएका छन । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय टिम हुने टिमले क्रमश नगद १० हजार, ५ हजार र रु. ३ तिन हजार प्राप्त गर्ने भएका छन भने विजयी टिमले ट्रफी, पदक र प्रमाण–पत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्तालाई क्रमश नगद एक–एक हजारका साथमा ट्रफी र प्रमाण–पत्र प्रदान गरिनुका साथै अनुशासित टिमलाई ट्रफी र प्रमाण–पत्र समेत प्रदान गरिने भएको छ ।
सम्पन्न पत्रकार सम्मेलनमा नेपाल आलोम्पिक कमिटीका सदस्य एवम नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ्ग, एकता पव्लिकेशनका सञ्जय अधिकारी र कास्की जिल्ला विद्यालय ह्याण्डबल संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले प्रतियोगिताका विविध पक्ष बारे जानकारी गराएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution