पोखरामा ह्याण्डबल रेफ्री प्रशिक्षण सुरु

पोखरान्युजडटकम, ४ असार –

नेपाल ह्याण्डबल संघ द्वारा आयोजना गरिएको एक हप्ते राष्ट्रिय रेफ्री ह्याण्डबल प्रशिक्षण कार्यक्रम शनिवार बाट पोखरामा सुरु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सो अवसरमा नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले ह्याण्डबल खेललाई थप मर्यादित बनाउन प्रशिक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले लामो समय देखि ह्याण्डबलको रेफ्री प्रशिक्षण नभएको अवस्थामा यो प्रशिक्षणले नेपालमा ह्याण्डबल रेफ्रिहरु उत्पादन गर्न समेत सहयोगी हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्त बहादुर गुरुङ्गले ह्याण्डबल खेल विकासमा रेफ्री प्रशिक्षण कार्यक्रम फलदायी रहने विश्वास रहने धारणा राख्नुभयो । सो अवसरमा भारत पटियालाका एनएस एनआइस प्रमुख रेफ्री प्रशिक्षक हरिन्दर पाल सिंहले खेल लाई जिवन्त बनाउन पनि रेफ्री प्रशिक्षण कार्यक्रम सहयोगी रहने वताए । कार्यक्रममा नेपाल ह्याण्डबल संघका सचिव केशव पाठक लगाएतले वोलेका थिए ।

उक्त प्रशिक्षणमा नेपाली सेना, शसस्त्र प्रहरी एपिएफ क्लव, सदावहार क्लव काठमाडौ, ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी र विभिन्न क्षेत्रका गरि करिव ३५ जनाको सहभागिता रहेको छ । प्रशिक्षण असार ९ गते सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button