काठमाडौं, ४ साउन –
पैसा भनी कागजका टुक्रा दिई ठगी गर्ने फरार अभियुक्त काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने धादिङ त्रिपुरेश्वर गाविस–१ का ३७ वर्षीय बलराम श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले सोमबार काठमाडौं गोंगबुबाट पक्राउ गरेको छ ।
गोमा लामाको जाहेरीमा बलराम श्रेष्ठसमेत भएको ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०६० माघ २२ को फैसलाले श्रेष्ठलाई ६ महिना कैद तथा २ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको र उक्त कैद तथा जरीवाना वेरुजु रही उनी फरार भएका थिए ।
श्रेष्ठले लामालाई पैसा कमाउन विदेश जानु पर्दैन, म १ लाखको २ लाख फिर्ता दिन्छु तिमीसँग भएको रकम मलाई देउ भनी आर्थिक प्रलोभनमा पारी २ लाख रुपैयाँ लिई सो बापतको रकम २०६० साउन २६ गते फिर्ता गर्ने क्रममा १ हजार रुपैयाँको ४ वटा नोट राखी ४ वटा गड्डी बनाई त्यसभित्र नोटसँग मिल्ने साईजका कागजका टुक्रा राखी लामालाई दिई फरार रहेकोमा सोही दिन काठमाडौं नागढुङ्गाबाट प्रहरीले पक्राउ गरी ठगी मुद्धामा अदालतबाट उक्त फैसला भएको थियो ।
श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution