पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पालिखे विजयी

पोखरा-

पोखरा उद्योग वाणिज्य संघको १३ औ  महाधिवेशनबाट अध्यक्षमा विश्वशकर पालिखे विजयी भएका छन् ।

पालिखेले निकटतम प्रतिद्धन्दी देव क्षेत्रीलाई करिब एक सय ५ मतले पछि पार्दै विजयी भएका हुन्  । अध्यक्षका अन्य प्रत्यासीमा तेस्रो स्थानमा नारायण  कोइराला, चौथो स्थानमा हिरा भट्टराई चौथो, पाचौ स्थानमा ईश्वर कर्माचार्य  र छैठौ स्थानमा धनिराम बराल रहे  ।

विश्वशंकर पालिखेलेको प्यानलले  पदाधिकारी र सदस्यमा दुबैतर्फ  बर्चस्व कायम गरेको  छ । पदाधिकारीहरु तर्फ बरिष्ठ उपाध्यक्षमा रविन्द्र बहादुर प्रजु, उद्योग तर्फको उपाध्यक्षमा गोकर्ण कार्की, महासचिवमा दामु अधिकारी र कोषाध्यक्षमा पवन कुमार प्रजापति पालिखे प्यानलबाट  निर्वाचित भए।

बाणिज्य तर्फको उपाध्यक्षमा स्वतन्त्र उमेदवार विन्दु कोईराला सुवेदी निर्वाचित भइन् भने उपमहासचिवमा अर्जुन पोखरेल क्षेत्री प्यानलवाट विजयी भए ।  खुल्ला १० सदस्य तर्फ पनि  पालिखे प्यानलबाट ८ जना निर्वाचित भए भने  र क्षेत्री प्यानलबाट दुई जना मात्र  निर्वाचित भएका छन् ।

त्यसैगरी  संघको  बस्तुगत  तर्फ ४ सदस्यका लागि भएको निर्वाचनमा   यमनाथ पौडेल, डिबी भुजेल, नारायणप्रसाद पौडेल र गिरीधारी अधिकारी विजयी भएका छन् । बस्तुगत तर्फ८ जना उम्मेदवार रहेका थिए। यमनाथ पौडेलले १४, डिबी भुजेलले १३, नारायणप्रसाद पौडेलले र गिरीधारी अधिकारीले १२/१२ मत ल्याएर उनीहरु बिजयी भएका  छन् । उनीहरु सबै  पालिखे प्यानल वाट आएका हुन् ।

संघको विधान अनुसार निर्वाचित २४ , अध्यक्षले मनोनित गर्ने चार र निवर्तमान अध्यक्ष एक गरी २९ सदस्यीय कार्यसमिति हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button