नेपाल राष्ट्र बैंक पोखराले भोलि शुक्रबारसम्म नयाँ नोट वितरण गर्ने

पोखरा –

नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले भोलि सुक्रबारसम्म पोखराबाट नयाँ नोट वितरण गर्ने भएको छ । घटस्थापना आउनु भन्दा एक साता अघि देखि वितरण गर्दै आएको नयाँ नोट दशैं पर्वलाई लक्षित गरी सुक्रबारसम्म वितरण गर्ने भएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका प्रमुख चिरन्जिबी चापागाईले बताए।

उनले भने “ हामीले करीब दैनिक जसो आम जनताको लागि ३ करोड नयाँ नोट वितरण गर्दै आएका छौं, भोलि सुक्रबारसम्म हामीले नयाँ नोट वितरण गर्दै छौं । ” पोखरा क्षेत्रका विभिन्न बैंक तथा विक्तिय संस्थाहरुको लागि एक अर्व नयाँ नोट वितरण गरेको उनले जनाए । राष्ट्र बैंकमा आउने उपभोक्ताहरुलाई एक घण्टा भित्रमा नयाँ नोट पाउने गरी नयाँ नोट वितरण प्रणालीलाई व्यवस्थित पारेको बताएका चापागाईले आवश्यक परे एकै पटकमा तीन वटासम्म काउण्टरबाट नयाँ नोट वितरण गरेको बताए । दिउसो ४ बजे भित्र बैंकको गेटमा रहेकाहरुलाई आफुहरुले जति समय लागे पनि नयाँ नोट दिने उनले जनाए ।

केहि व्यक्तिहरु द्धारा आवश्यकता भन्दा बढी नयाँ नोट साट्दा धेरै जनताले सास्ती भोग्नु परेको छ । बैंक तथा विक्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले सिमित नयाँ नोट दिएकोले आम जनताले बैंक तथा वित्तिय संस्थाहरुबाट सहज रुपमा नयाँ नोट पाउन सकेका छैनन । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा पोखरा क्षेत्रमा पनि हाल नयाँ नोटको अभाव भएको छ । नेपाल राष्ट्रि बैंकको कार्यालय पोखरा भएर पनि जुन रुपमा आम जनताहरुले सहज ढंगले विभिन्न विक्तिय संस्थाहरुबाट सहज रुपमा पाउनु पर्ने नयाँ नोट नपाएको जनताले गुनासो गरेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button