चार बर्ष भित्रमै पोखरा विमानस्थलको निमार्ण कार्य सकिन्छ – सिएएमसीई उपाध्यक्ष युहाङ्ग

चिनिया राजदुधद्धारा निमार्णाधिन पोखरा विमानस्थलको अवलोकन,

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरा, २५ वैशाख-

नेपालका लागि चिनिया राजदुत यु हाङले पोखरामा निमार्ण हुदै गरेको अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थलको अध्ययन अवलोकन गरेकीछन ।

सोमबार चिनिया एक टोलीसंग विमानस्थलको अवलोकन गर्दै राजदुत हाङले प्राविधिक कारणले गर्दा चिनको एक्जिम बैंकको ऋण सम्झौता गर्न केहि समय लागेको बताउदै अब विमानस्थलको निमार्ण कार्य दु्रत गतिमा अघि बढ्ने बताएकी हुन ।

चाइनाको सिएएमसीई कम्पनिका उपाध्यक्ष  वाङ्ग  युहाङ्गले (Wang Yuhang) विमानस्थल निमार्ण प्रकृयाको बारेमा र प्राविधिक कुराको बिषयमा समेत राजदुतलाई जानकारी गराएका हुन । स्थानिय जनाता र स्थानिय सरकारको साथ र सहयोग प्राप्त गरेको खण्डमा आफुहरुले तोकिएको मिति ४ बर्ष भित्रमा निमार्ण कार्य सकिने उनले दाबी गरे । उनले भने “ऋण सहायताको बिषयले गर्दा केही समय ढिलो भएकै हो, अब यसमा नेपाल सरकार र चाइनाको एक्जिम बैंक विचको अन्तिम सम्झौता भएसंगै विमानस्थलको निमार्ण कार्य सुरु हुन्छ । ”

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले चिनिया राजदुतले विमानस्थलको बारेमा निकै चासो दियर सुझ बुझ गरेका कारणले गर्दा अब विमानस्थल निमार्ण प्रकृया अघि बढ्ने विश्वास व्यक्त गरे । पोखरेलीहरुको ४० बर्ष देखिको सपना पुरा हुदा यहाँको समग्र आर्थिक विकासमा टेवा पुग्ने पालिखेले दाबी गरे ।

इन्जिनियर चन्द्रमणि सापकोटा सहितको टिमले चिनिया टोलीसंग प्राविधिक बिषयमा छलफल समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button