पोखरा महानगरको ३० र ३१ मा पनि एमालेको प्यानलनै विजयी

पोखरा –

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३०  र ३१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

महानगरको वडा नं ३१  मा कमल बहादुर थापा क्षेत्री १७६१ मत सहित बिजयी भए। वडामा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शरद राज सुवेदीले १२६१ मत प्राप्त गरे । वडाको महिला सदस्यमा सावित्री भण्डारी तथा दलित महिला सदस्यमा बिष्णु सुनार विजयी भए । त्यसैगरि खुल्ला सदस्यमा बिष्णु बहादुर भूजेल र पूर्णखर पाण्डे  निर्वाचित भए ।

महानगरको वडा नम्बर ३०  मा पनि एमालेको प्यानल विजयी भएको छ ।

वडाको अध्यक्षमा श्रीराम पोखरेल २०२८  मत सहित बिजयी भए । वडा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दुर्गा प्रसाद सुवेदीले १९२५ मत प्राप्त गरे । वडाको महिला सदस्यमा शारदा वास्तोला तथा  दलित महिला सदस्यमा रमा नेपाली विजयी भए । त्यसैगरि खुल्ला सदस्यमा सोमलाल कंडेल र चोला प्रसाद बराल निर्वाचित भए ।

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button