प्रधानमन्त्री निर्वाचन दोस्रो बैठकमा

पोखरा न्युज –

व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्रीको चयन हुँदैछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रधानमन्त्री पदका लागि एक मात्र उम्मेदवारको सूचना दिने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चयन गर्न निर्वाचन हुने कार्यक्रम सभामुख ओनसरी घर्तीले पहिलो बैठकलाई जानकारी गराउनुभयो ।

यही जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचनको मिति तय भएकामा नेकपा(एमाले)ले चितवनको भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोधमा संसद् अवरोधको चेतावनी दिएका कारण बैठक बस्न सकेको थिएन ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि पठाइएको यही जेठ १८ मा प्राप्त पत्र एमालेको अवरोधका कारण संसद् बैठकमा प्रस्तुत मनोनयन नभई संसद् सचिवालयमा दर्ता भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख तीन दलका शीर्ष नेताको सम्बोधनसँगै आजदेखि संसद्को बैठक सुरु भएको थियो । प्रधानमन्त्री प्रचण्डले यही जेठ १० मा राजीनामा दिनुभएको थियो ।

नयाँ प्रधानमन्त्री चयनलगायत महत्वपूर्ण कार्यसूची रहेको संसद्को बैठक अवरोध गर्दै आएको एमाले तथा सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच सोमबार भएको सहमतिका आधारमा आजको बैठकको सुरुमा शीर्ष नेताहरुको सम्बोधन प्रारम्भ भएको छ ।

बैठकमा प्रधानमन्त्रीको चयन, स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ लाई प्रस्तुत गर्ने, नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि दफाबार छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ । यस्तै प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव फिर्ता गर्ने सूचनालाई बैठकको सहमतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button