कास्कीमा रहेको अपर मादीबाट विद्युत् उत्पादनमा बृद्ध

पोखरा न्युज –

कास्कीको सिल्दुजुरेमा रहेको अपर मादी जलविद्युत् आयोजनाले विद्युत उत्पादनमा वृद्धि गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मादी नदीबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाका दुईवटा टर्वाइन सञ्चालन गरिएपछि २४ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिनुभयो ।

गत असार १२ गते भीषण वर्षासँगै आएको बाढीले आयोजनामा ठूलो क्षति पुरयाएपछि उत्पादन घटेर आठ मेगावाटमा पुगेको थियो । आयोजनाको मर्मतपछि यही साउन १ गतेदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनथालेको बरालले बताउनुभयो ।

करिब रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा विदेशी लगानी जुटाई निर्माण शुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेश आन्दोलन, महाभूकम्प र सुरुङ खन्ने क्रममा पहिरो जाने जस्ता समस्याले लागत बढेर आठ अर्ब रुपैयाँ पुग्न गएको थियो ।

विसं २०६९ साल पुसदेखि शुरु भएको आयोजनाको निर्माण कार्य २०७३ पुस १५ गते सम्पन्न भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button