पश्चिमाञ्चल क्षेत्रिय खेलकुद कर्मचारी संघको अध्यक्षमा योगी

पोखरा न्युज –

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद कर्मचारी संघको अध्यक्षमा लक्ष्मण प्रसाद योगी सर्वसम्मत निर्वाचित भएका छन । राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको पाँचौ महाधिवेशनका क्रममा देशका विभिन्न जिल्ला तथा क्षेत्रहरुको कर्मचारी संघ गठनको प्रक्रिया अन्तर्गत पोखरामा सम्पन्न भेलाले योगीलाई क्षेत्रिय अध्यक्षमा निर्वाचित गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

संघको उपाध्यक्षमा इन्द्रा मल्ल (कास्की), सचिवमा डम्वर बहादुर नेपाली (पश्चिमाञ्चल क्षेत्र), कोषाध्यक्षमा बलराम लामा (पश्चिमाञ्चल क्षेत्र), सदस्यहरुमा बलराम क्षेत्री (पश्चिमाञ्चल क्षेत्र), विष्णुलाल श्रेष्ठ (नवलपरासी), दिपक केसी (गुल्मी), राजेश बास्कोटा (बागलुङ), पुर्ण प्रसाद अधिकारी (लमजुङ), माधव प्रसाद घिमिरे (नवलपरासी) र सरोज थापा (गोर्खा) निर्वाचित भएका छन ।

यसै गरि एक भेलाले अरुण दत्तको अध्यक्षतामा ९ सदस्यिय कास्की जिल्ला खेलकुद कर्मचारी संघ गठन गरेको छ । पश्चिमाञ्चल क्षेत्रका जिल्ला तथा क्षेत्रका निर्वाचन संयोजक विद्या प्रसाद मर्सानीले निर्वाचन कार्यक्रम सम्पन्न गरेका थिए ।

सुदुर पश्चिमाञ्चलको धनगढीमा आयोजना हुने राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको पाँचौ महाधिवेशनका लागि पश्चिमाञ्चल क्षेत्र वाट ११ जना लाई केन्द्रिय महाधिवेशन प्रतिनिधी समेत छनौट भएका छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button