मतदाताहरुको अधिकारको लागि लड्नेछु – गुरुप्रसाद बराल

 

पोखरा न्युज ।

कास्की क्षेत्र नम्बर २ क तर्फ काँग्रेसका उम्मेदवार रहेका गुरु प्रसाद बरालले आफू मतदाताहरुको अधिकारका लागि लडिरहेको बताएका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ स्थित प्रगति नगरमा घरदैलो कार्यक्रममा सरिक हुँदै बरालले अधिकार प्राप्तिको लँडाईमा जनताको साथ र भोट आफुलाई आवश्यक रहेको बताए ।

यूवा नेता बरालले आफु निर्वाचित भएर पुरै जनताको सेवामा लाग्ने कुरालाई यहाँआएर दोहो¥याएका छन् । उनले आफ्नो राजनीतिक यात्रालाई जनताको सेवामै समर्पित गर्ने भन्दै त्यसका लागि जनतासंग सहयोगको अपेक्षा गरेको बताए । उनले जनता नै जनार्दन भएकोले आफुलाई सेवकको रुपमा काम गर्ने वातावरण बनाई दिन घरदैलो कार्यक्रमको क्रममा आग्रह गरे ।

साथै उनी शनिबार भरत पोखरी पनि पुगे । उनले त्यहाँ पुगेर पनि ग्रामिण भेगको विकासलाई अगाडि बढाउनका लागिआफ्नो गुरु योजना तयार गरिसकेको बताए । उनले आफुलाई निर्वाचित गराउनका लागि आग्रह गर्दै विकासको गतिलाई आफुले सक्दो स्पिडमा अगाडि बढाउने वाचा समेत गरे ।

आधारभूत अधिकारबाट समेत बञ्चित कास्की क्षेत्र नम्बर २ को ग्रामिण भेगका वस्तीहरुमा महानगरस्तरिय विकासलाई तीव्रता दिनआफु तत्पर रहेको पनि उनले सुनाए । त्यस क्षेत्रको संभावनाहरुलाई केलाउँदै उनले ती सबै संभावनालाई मूर्तरुप दिन आफुलाई निर्वाचित गराउन त्यहाँका जनता समक्ष अनुरोध गरेका थिए ।

साथै उनले वामपन्थीहरुले जितेको खण्डमा देशले निकाशन पाउने र जनता अधिनायकबादको शिकारमा पर्ने कुरालाई प्रस्ट्याए । जनता, लोकतन्त्र र स्वतन्त्रताको पक्षधरको पक्षमाभोट गर्न जनताले कुनै धकमान्न नपर्ने उनले बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button