कास्की ३ मा एमालेका जगत विश्वकर्मा बिजयी

कास्की प्रतिनिधि सभा क्षेत्र नम्बर ३  मा नेकपा एमालेका जगत विश्वकर्मा बिजयी भएका छन ।

वाम गठवन्दन अन्तर्गतका नेकपा एमालेका उम्मेदवार विश्वकर्मा आठ  हजार ३८६ फराकिलो मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार शुक्रराज शर्मालाई पराजित गरेका हुन।

वाम गठवन्दनका विश्वकर्माले ३२ हजार ६  सय ९०  मत ल्याउदा लोकतान्त्रिक गठबन्धनका  शर्माले २४ हजार ३ सय ४ मत ल्याएका हुन ।

प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ सिट गरि कुल ९ सिट रहेको कास्कीमा वाम गठवन्दनले ५  सिट हात परेको छ भने कांग्रेसले १ सिट जितेको छ । भने अन्य ३  सिटमा वाम गठवन्दनले अग्रता कायम गरेको छ ।

यसअघी कास्कीमा प्रदेशसभा क्षेत्र नम्बर २ ख बाट नेपाली कांग्रेसका बिन्दु कुमार थापा ,  क्षेत्र नम्बर २ क बाट नेकपा एमालेका कृष्ण थापा,  क्षेत्र नम्बर १ ख मा नेकपा एमालेका मन बहादुर गुरुङ, क्षेत्र नम्बर १ क  मा नेकपा माओबादी केन्द्रका दिपक कोइराला  तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका रबिन्द्र अधिकारी बिजयी भईसकेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button