कास्की १ बाट एमालेका खगराज अधिकारी बिजयी

कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नेता खगराज अधिकारी विजयी भएका छन्  ।

वाम गठवन्दन अन्तर्गतका नेकपा एमालेका उम्मेदवार अधिकारीले तेह्र  हजार ४ सय १६  मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार यज्ञबहादुर थापालाई पराजित गरेका हुन।

पूर्वमन्त्री समेत रहेका अधिकारीले ३९  हजार २ सय ४२ मत मत प्राप्त मत ल्याउदा  बहालवाला मन्त्रि  थापाले २५ हजार ८ सय २६ मत ल्याएका हुन । अधिकारी पुर्व स्वास्थ्यमन्त्री हुन भने थापा वर्तमान सरकारका कानुनमन्त्री हुन्  ।

यससंगै कास्कीवाट प्रतिनिधिसभाका सबै सिट बाम गठबन्धनले जितेको छ  । प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ सिट गरि कुल ९ सिट रहेको कास्कीमा वाम गठवन्दनले ७ सिट हात परेको छ भने कांग्रेसले १ सिट जितेको छ । बाकी १  सिटमा वाम गठवन्दनको  अग्रता कायम  छ ।

यसअघी कास्कीमा प्रदेशसभा क्षेत्र नम्बर २ ख बाट नेपाली कांग्रेसका बिन्दु कुमार थापा , क्षेत्र नम्बर २ क बाट नेकपा एमालेका कृष्ण थापा, क्षेत्र नम्बर १ ख मा नेकपा एमालेका मन बहादुर गुरुङ, क्षेत्र नम्बर १ क मा नेकपा माओबादी केन्द्रका दिपक कोइराला, क्षेत्र नम्बर ३ ख मा नेकपा एमालेका राजिब पहारी  तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका रबिन्द्र अधिकारी र प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका जगत विश्वकर्मा बिजयी भईसकेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button