कास्की – ३ क बाट माओवादी केन्द्रका रामजी बराल बिजयी

कास्की प्रदेशसभा क्षेत्र नम्बर ३ क बाट माओवादी केन्द्रका रामजी बराल बिजयी भएका छन् ।

वाम गठवन्दन अन्तर्गतका नेकपा माओवादी केन्द्रका उम्मेदवार बरालले २ हजार ७ सय ६६ मत मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार शारदा पौडेललाई पराजित गरेका हुन।

बरालले १५  हजार ८  सय २३ मत ल्याउदा पूर्व सांसद पौडेलले १३ हजार ५७  मत प्राप्त गरिन्।

कास्कीवाट प्रतिनिधिसभाका सबै सिट बाम गठबन्धनले जितेको छ । प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ सिट गरि कुल ९ सिट रहेको कास्कीमा वाम गठवन्दनले ८  सिट हात परेको छ भने कांग्रेसले १ सिट जितेको छ ।

यसअघी कास्कीमा प्रदेशसभा क्षेत्र नम्बर २ ख बाट नेपाली कांग्रेसका बिन्दु कुमार थापा , क्षेत्र नम्बर २ क बाट नेकपा एमालेका कृष्ण थापा, क्षेत्र नम्बर १ ख मा नेकपा एमालेका मन बहादुर गुरुङ, क्षेत्र नम्बर १ क मा नेकपा माओबादी केन्द्रका दिपक कोइराला, क्षेत्र नम्बर ३ ख मा नेकपा एमालेका राजिब पहारी तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका रबिन्द्र अधिकारी, प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका जगत विश्वकर्मा र क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नेता खगराज अधिकारी बिजयी भईसकेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button