पोखरामा सेभेन ए साईड फुटबल उपाधीको लागि नेपाल र बंगलादेश भिड्ने

डीएनबी ।

प्रभु बैंक १२ औं दक्षिण एसियाली सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधीको लागि घरेलु टिम नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

पोखराको लेकसाईडस्थित बाराहीघाटमा रहेको नेपाल ट्रसको फुटवल खेल मैदानमा मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा नेपालले पाकिस्तानलाई र दोश्रो खेलमा बंगलादेशले भुटानलाई पराजित गर्दै उपाधीको लागि विहिबार फाइनल खेलमा भिड्ने भएका हुन् ।

प्रतियोगिता संयोजक तथा नेपाल सेभेन ए साइड फुटवल महासंघका अध्यक्ष नविन पुनले फाइनल खेल विहिबार दिउँसो एक बजेपछि हुने बताए । विजेताले उपाधिसहित दुई लाख र उपविजेताले एक लाख साथमा ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।

मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा नेपालले पाकिस्तानलाई ४–१ को गोल अन्तरले पन्छायो । अर्काे खेलमा बंगलादेशले भुटानलाई टाईब्रेकरमा ३–२ को कठिन जित निकाल्दै फाईनलयात्रा तय गरेको हो ।

नेपालको जितमा म्यान अफ दी म्याच घोषित विनोद गुरुङले ह्याट्रिक, सुनिल विकले एक गोल गरेका हुन् । गुरुङले खेलको १५, ४१ र ४३ औ मिनेटमा गोल गरी ह्याट्रिक पुरा गरे । पाकिस्तानको तर्फबाट खेलको १९ औं मिनेटमा रनहिल अर्रमानले गरेको एक मात्र शान्त्वना गोल रह्यो ।

बंगलादेश र भुटानबीचको दोस्रो खेलमा २५-२५ मिनेटको निर्धारित समयमा दुबैतर्र्फ गोल हुन नसकेपछि खेल निर्णायकको लागि टाइब्रेकरमा धकेलिएकोे थियो । टाइब्रेकरमा भुटानका गहिमले प्रहार गरेको वल गोल हुन नसक्दा भुटानले सेमिफाइनलबाटै यात्रा टुंगाउनु प¥यो । टाइब्रेकरमा बंगलादेशका उज्जल, सजित र तुईनले गोल गरे भने भुटानका राकेश र ताम्पाओले गोल गरे । खेलमा भुटानका गोलरक्षक प्रबेशले म्यान अफ दी म्याच ट्रफी प्राप्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button