सिसुवा कास्कीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

पोखरा न्युज – १९, वैशाख ।

पोखरा लेखनाथ महानगरपालिका -२७ तालचोकमा  नागरीक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको सह-आयोजनामा  तालचोकमा बुधबार सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जनताको घर आँगनमा गई अपराध रोकथाम र नियन्त्रण तथा सामाजिक विकृति, वि-सङ्गतिलाई न्युनिकरण गर्न सल्लाह सुझाव संकलन गर्ने तथा सेवा प्रवाह प्रति जिज्ञासा ग्रहण गरी त्यसलाई सम्वोधन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त नागरिक सुनुवाई कार्यक्रममा उपस्थित सहभागीहरुले शान्ति सुरक्षा, अपराध रोकथाम र नियन्त्रण, घटित अपराधहरुको सुक्ष्म अनुसन्धान तथा सामाजिक विकृति विसंगती न्युनीकरण गर्न अत्यन्त अमूल्य राय तथा सुझाव प्रस्तुत गर्दै प्रहरी सेवा प्रवाहको क्रममा हुने गरेका कमीकमजोरीका बारेमा पनि जिज्ञासाहरू राखेका थिए ।

नागरीक सुनुवाई तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै सहभागीहरुले जनताले प्रहरीलाई जहिले पनि सहयोग गर्न तयार रहेको र सिसुवामा नयाँ प्रहरी प्रमुख (डिएसपी) आएपछि निकै राम्रो काम भएको प्रतिक्रिया दिएका छन् । सहभागीहरुवाट उठेका जिज्ञासाहरु माथि प्रकाश पार्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले कुनै कसर बाँकी नराख्ने बताउदै प्रहरी र जनता मिलेर अघि बढेमा मात्र सकारात्मक परिणाम आउने कुरामा जोड दिए।

सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष लोकेन्द्र बजगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, ईलाका प्रहरी कार्यालय शिसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरी, सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराई लगायत स्थानियवासी, राजनीतिकर्मी, महिला अधिकारकर्मी, राष्ट्रसेवक कर्मचारी, स्थानीय नागरिक समाज, पत्रकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button