दुवईमा बलात्कारपछि मृत्यु भएकी गोरखाकी चेलीको परिवारलाई पोखरामा सहयोग

पोखरा न्युज १९, बैशाख ।

दुवईमा बलात्कारपछि मृत्यु भएकी गोरखाकी चेलीको परिवारलाई पोखरामा सहयोग रकम हस्तान्तरण गरिएको छ ।

दुवईको आवुधाविमा आँफनै कम्पनीका सुपरभाईजरले बलात्कार गरेपछि सहन नसकेर आत्महत्या गरेकी गोरखा आरुघाटकी अष्टमी गुरुङको परिवारलाई यूकेबाट शंकलन गरि पठाइएको सहयोग रकम पोखरामा हस्तान्तरण गरिएको हो ।

पोखरामा बुधबार  आयोजित कार्यक्रममा इन्जिनियर रोशन गुरुङले मृतककी आमा सोवर्ना गुरुङ र दिदी सुनमायाँ गुरुङलाई भेटेर रु ५६ हजार हस्तान्तरण गर्नुभएको हो । पत्रकार जीवन सुवेदी, राकेश गुरुङ लगायतको रोहबरमा उक्त रकम पीडितलाई हस्तान्तरण गरिएको हो । रकम प्राप्त गरेपछि मृतक अष्टमी गुरुङकी आमाले सहयोगप्रति धन्यबाद व्यक्त गर्दै आँफूले न्याय पाउनुपर्ने बताउनुभयो ।

पीडितको आँशु देखेपछि केहि भएपनि सहयोग गर्ने भावनाका साथ यूके बाट आफ्नी दिदी विजमायाँ गुरुङले नेपाली साथीहरुबाट शंकलन गरेको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको इन्जिनियर रोशन गुरुङले जानकारी दिनुभयो ।

अष्टमीले दुवईमा  गत नोभेम्बर ४ मा आत्महत्या गरेको भनेर नेपाल ल्याईएको भएपनि उनको मोवाइलमा रहेको भिडियो म्यासेजमा आँफूलाई सुपरभाइजरले बलात्कार गरेपछि सहन नसकेर आत्महत्या गरेको खुलेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button