पोखरा बाझापाटनकी १३ बर्षिया बालिका ५ दिन देखि बेपत्ता

पोखरा न्युज – १९ बैशाख ।

पोखरा लेखनाथ महानगरपालिका १३ बाझापाटनबाट १३ बर्षिया बालिका बेपत्ता भएकी छिन् । खोटाङको देबिस्थान स्थायी घर भई पोखरा १३ बाझापाटन बस्दै आएकी १३ बर्षिया बालिका पुष्पा राई बिगत ५ दिन बेपत्ता भएकी हुन् ।

गत  शनिबार देखि पुष्पा घरमा  नआएको उनको परिवारले जनाएको छ । शनिबार आमा बाबु दुवै कामबाट कोठामा फर्किदा छोरीलाई नदेखेपछि  खोजि सुरु गरेका थिए। तर  सो दिन पुष्पाले कसैको नम्बरबाट फोन गरि साथीको घर बिरौटामा  छु  भोलि आउछु भनेकोले उनिहरु होला भनि बसेका थिए  । भोलि आउछु भनेकोले आउलानी भनेर बस्यौ  तर फर्केर आइनन आमा सोनिया राईले भनिन । ‘हामीले साथीकैमा होला आउला भनेर सोच्यौ तर पुष्पा आइनन,’ उनले भनिन – ‘ हामीले पछि उक्त नम्बरमा फोन गर्दा कहिले गाउँमा  छु भन्ने, कहिले आफन्तकोमा छु भन्ने अनि कहिले फोन उठाउने नबोली बस्ने गर्यो  अहिले त् फोन पनि लाग्दैन।’ पुष्पा पोखराको सरस्वती माबीमा कक्षा ८ मा पढ्दै गरेको र स्कुलमा बुझ्दा त्यसदिन पछी  स्कुल समेत नआएको सोनियाले बताइन ।

आफुहरुले  छोरी साथीहरु संगै कतै होला भनेर पुलिसमा खबर पनि नगरेको तर अहिले फोननै नलाग्दा डर लागेको आमा  सोनियाले बताइन । साथिहरुको घरमा सोधपुछ गर्दा समेत साथीहरुको अभिभावकहरुले आएको छैन भने पछी आफुहरु थप  चिन्तित भएको उनले बताइन । यदि पुष्पालाई कसैले देखेको खण्डमा नजिकको प्रहरी कार्यालय अथवा सोनियाका बाबा श्याम राईको सम्पर्क नम्बर ९८२५१६१६९४ मा सम्पर्क गरिदिन बालिकाको परिवारले अनुरोध गरेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button