पोखरामा दिउसो भेटिएको बम सुरक्षाकर्मीद्वारा डिस्पोज

पोखरा न्युज , २२ वैशाख ।

पोखरामा शनिबार दिउसो भेटिएको बम सुरक्षाकर्मीको डिस्पोजल टोलीले  डिस्पोज गरेको छ ।

विप्लव माओवादीले शनिबार आव्हान गरेको नेपाल बन्दको समयमा पोखरामा  बम भेटिएको हो । नेपाल विद्युत प्राधिकरण कार्यालयको गेट अगाडी भेटिएको बम नेपाली सेनाको कालिभन्जन गणको टोलीले डिस्पोज गरेको हो। मेजर संजिव गिरीको नेतृत्वमा खटिएको टोलीले उक्त बम डिस्पोज गरेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार शनिबार मध्यान्हः करिब १२ बजे भेटिएको उक्त बम दिउसो करिब १ः५५ बजे डिस्पोज गरिएको हो ।

रातो झोलामा सावुनको डल्लो पारि ड्टुनेटर राखेर बाहिर तार देखिने गरी आगो लगाउन मिल्ने गरी बम राखिएको अबस्थामा भेटिएको डिस्पोजल टोलीले जनाएको छ । वन्दको क्रममा बम जस्तो शंकास्पद बस्तु देखे पछि स्थानियहरु केहि वेर त्रसित भएका थिए ।

पोखरा क्षेत्रमा पनि बिप्लव माओवादीको बन्दको प्रभाव विहानै देखि परेको थियो । अधिकाशं पसलहरु वन्द रहेका थिए भने लामो तथा छोटो दुरीका सवारी साधनहरु समेत संचालन हुन सकेनन । यद्यपि यस अघिका वन्द भन्दा यसपालिको वन्दमा रातो प्लेटका सवारी साधनहरुको सङख्या भने बढी नै गुडेका देखिन्थो । सिण्डिकेट वाला यातयात व्यवसायिहरुले आज विहानै देखि  वन्द  स्थगित गरिएको जनाए पनि कालो प्लेटका सवारी साधनहरु भने पोखरामा संचालन भएनन ।

बन्दमा पोखराका मुख्य चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।  वन्दको क्रममा स्थानिय तथा प्रदेश सरकारले आम उपभोक्ताहरुलाई यातायातको विकल्प सहितको सुरक्षा भने दिन  सकेन ।

यसअघि पनि  विप्लव माओबादीको वन्द तथा हड्तालको क्रममा  पोखरामा विभिन्न ठाँउमा बम भेटिने गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button