पिपिएलको बैैकिङ पार्टनरमा नबिल बैंक

पोखरा न्यूज -२८, असोज ।

आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि  बैैकिङ पार्टनरको रुपमा नबिल बैंकसँग सम्झौता भएको छ ।

सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र नबिल बैंकका प्रमुख अनिल केशरी शाहले हस्ताक्षर गरेका थिए । आइतबार नबिल बैंकको प्रधान कार्यालय दरबारमार्गमा भएको सम्झौता कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र पुर्व मिस नेपाल तथा नबिल बैंकको ‘भिसा गर्ल’ सृष्टी श्रेष्ठको उपस्थिति थियो ।

सम्झौतापछि बोल्दै सिइओ शाहले पोखरा प्रिमियर लिगको बैैकिङ पार्टनर बन्न पाएकोमा आफु हर्षित भएको बताउदै पिपिएलले सहभागी ६ वटै सहरमा क्रिकेटको माहोल ल्याउनेमा पनि विश्वस्त रहेको बताए । त्यस्तै कप्तान पारसले पिपिएलले पोखरालाई क्रिकेट हबको रुपमा विकास गर्न आधार तयार गर्ने बताए ।

सम्झौतापछि नेपाली क्रिकेटको विकास र विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागेको पिपिएललाई प्रत्यक्ष रुपमा सहयोग गरेकोमा नबिल बैंकलाई आयोजकका तर्फबाट निर्देशक लामाले हार्दिक धन्यवाद दिएका थिए ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने पिपिएलका लागि टिम घोषणा, मार्की खेलाडी घोषणा र खेलाडी अक्सन यस अघि नै  भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button