चीनमा पोखराको प्रचार गरिदिन मेयर जिसीको आग्रह

पोखरा न्यूज- १५, कार्तिक।

नेपाल भ्रमणमा आएको चीनियाँ पत्रकार टोलीले महानगर प्रमुख जिसींसग भेटघाट गरेकोे छ । चाइना पत्रकार संघका महासचिव पाङ ग्याङ नेतृत्वमा आएको सात सदस्यीय टोलीले प्रमुखसंग भेट गरेको हो ।

भेटमा बोल्दै प्रमुख जिसीले पोखरा प्राकृतिक रुपमा सुन्दर शहर भएको बताउदै चीनमा प्रचार प्रसार गरिदिन आग्रह गरे । विश्वकै उत्कृष्ट १० शहरहरु मध्ये  घुम्नै पर्नेमा पोखरा पर्ने भएकाले पोखराका बारेमा कलम चलाइदिनुहोला उनले भने । प्रमुख जिसीले चीनका विभिन्न आठ शहरसंग पोखरा महानगरपालिले भगिनी सम्वन्ध स्थापित गरेको जानकारी दिए ।

पत्रकार संघ चीनका कार्यकारी महासचिव पाङ ग्याङले चीन र पोखरा वीच सहयोग आदान प्रदान भइरहेको बताउदै पोखराको भ्रमण गर्न पाउदा रमाइलो भएको बताए । उनले चीन र पोखराको सम्वन्ध विगत देखि रहेको बताउदै अझै सहयोग आदान प्रदान हुने बताए ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले नेपाल र चीनका पत्रकार वीचको सम्वन्ध र सहयोगलाई निरन्तता दिन दुवै देशका पत्रकारवीच भ्रमण भइरहेको बताए । पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले चीनियाँ र नेपाली पत्रकारहरुवीच भाइचारा अभिबृद्धि गदै दक्षता अभिबृद्धिमा सहकार्य गर्ने भ्रमणको उद्देश्य रहेको बताए ।

पत्रकारहरुको स्वागतमा महानगरका तर्फबाट रात्रीभोजको आयोजना गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button