कुश्मामा धार्मिक पर्यटक

पोखरा न्यूज –२०, मंसिर ।

मुक्तिनाथ दर्शनका लागि आउने–जाने नेपाली मात्र होइनन् भारतीय पनि छन् । समय समयमा भइरहने हवाई दुर्घटनाका कारण मुक्तिनाथ जाने–आउने धार्मिक पर्यटकहरुसमेत सडक मार्गबाट आवतजावत गर्न थालेका छन् । पहाडी शृङ्खला छिचोल्दै जानुपर्ने भएका कारण हवाई यात्रामा जोखिम हुने भएकाले सडक यात्रा उपयुक्त हुने उनीहरुको तर्क छ ।

मुस्ताङको मुक्तिनाथ, बेनीको गलेश्वरधाम, महारानीथान, बागलुङको कालिका मन्दिर, पञ्चकोट धाम, कुश्माको गुप्तेश्वर, अलपेश्वर, कुश्मा कालिका, शिवालय, दुर्लुङकोट दर्शन गर्न आउने तथा पुराणमा वर्णित मोदीवेणी दिव्यधाम दर्शन गर्न आउने पर्यटकहरुको आवातजावत गर्ने बाटो परेका कारण कुश्मामा झरेर पुल हेर्ने दशर्कहरु बढ्न थालेका छन् ।

होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठका अनुसार कतिपय आन्तरिक तथा वाह्य पर्यटकहरु दिउँसोको खाना कुश्मामा खाएर पुल अवलोकन गर्ने हुन्छन् भने कोही बेलुका बास बसेर बिहान पुलको अवलोकन गरी फर्कने हुन्छन् । मुक्तिनाथ जाने–आउने बाटोसँगै पुल रहेका कारण पनि पर्यटकको मन तान्न सफल भएको अर्का होटल व्यवसायी विषमकुमार श्रेष्ठको बुझाइ छ । उनि भन्छन् – “पुलका लागि मात्रै आउने पर्यटक पनि छन् तर, एउटै खर्चमा धार्मिक यात्रा पनि हुने, पुल पनि हेर्न पाइने भएपछि पर्यटकहरु पुलमा ओइरिन थालेका हुन् ।”

पोखराको सेती नदी नुहाइसकेर काली नदी नुहाउन आउनेहरु पनि अग्ला पुलहरुको मज्जा लिन चुकेको देखिँदैन । धार्मिक महत्वका दिनहरुमा धेरै वृद्धवृद्धा अग्ला पुलमा लौरी टेकेरै वारपार गर्ने र डिलमा बसेर टहलिने गरेको पाइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button