पोखरामा विश्व च्याम्पियन बडि बिल्डर महेशलाई सम्मान गरिने

पोखरा न्यूज -०३, माघ ।

बडि बिल्डिङ्गको विश्व च्याम्पियन उपाधी विजेता नेपाली बडि बिल्डर महेश महर्जनलाई पोखरामा सम्मान गरिने भएको छ ।

पोखरा ट्रेड मलमा रहेको मेगा जिम प्रालिले महेशलाई शनिबार नगद सहित सम्मान गर्न लागेको हो । महेशले थाइल्यान्डमा आयोजित वर्ल्ड बडि बिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा पहिलो स्थान हात पारेका थिए । यो संगै काठमाण्डौका विभिन्न संघसंस्थाहरुले उनको सम्मान गरिसकेको छ ।

पोखरामा भने उनको पहिलो पटक सम्मान गरिन लागेको हो । मेगा जिमले आफ्नों वार्षिकोत्सवको अवसर पारेर महेशलाई सम्मान गर्न लागेको हो । मेगा जिमका नियमित सदस्य समेत रहेका गण्डकी प्रदेशका साँसद बिन्दुकुमार थापा र राजिब पहारीले शनिबार विहान ट्रेड मलमा आयोजना हुने कार्यक्रममा महेशलाई सम्मान गर्ने मेगा जिम प्रालिका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिए ।

त्यसैगरि जिम गर्न आएका नियमित सदस्यहरुबाट विभिन्न विधाका उत्कृष्टहरुलाई पनि सम्मानित गरिने श्रेष्ठले बताए । यसै अवसरमा जिममा भर्ना हुने नयाँ सदस्यहरुलाई निःशुल्क भर्ना गरिने पनि उनले जनाएका छन् । त्यस्तै जिमका वार्षिक ग्राहकलाई ४० प्रतिशत सम्मको छुट प्रदान गरिने श्रेष्ठको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button