सांसद केसीद्वारा गायक पशुपति शर्मालाई आर्थिक सहयोगको घोषणा

पोखरा न्यूज – ०७, फागुन ।

सांसद एबं उद्योगपति सुर्य बहादुर केसीले चर्चीत गायक पशुपति शर्मालाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

मंगलबार पोखरामा आयोजना भएको आहा रारा गोल्ड कपको अन्तिम तयारीको पत्रकार सम्मेलनमा वोल्दै सांसद केसीले एक महिनाको आफ्नो तलव, भत्ता वापतको  ५१ हजार रुपैया गायक शर्मालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन्।

राष्ट्रको गहनाको रुपमा मानिने कलाकारलाई हौसला प्रदान गर्नु पर्ने साटो कलाकारको सृजना नै मास्ने कार्यकोमा बिरोध जनाउदै कलाकारको प्रोत्साहन स्वरुप उक्त रकम दिने सांसद केसीले घोषणा गरेका हुन् । गीत संगीत मार्फत जनचेतना फैलाउदै रोयल्टी मार्फत आफ्नो गुजरा चलाउदै आएका कलाकारलाई प्रोत्साहन गर्नुको साट्टो हतोसाहित गर्ने काम भएकोमा दुःख व्यक्त गरे ।

गायक शर्माले लुटन सके लुट कान्छा लुट्न सके लुट वोलको गित बजारमा ल्याएको केहि दिनमै सत्ताधारी दलका केहि व्यक्तिबाट धम्की आएको भन्दै युटुवबाट हटाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button