पोखरामा रहेकी क्यानडीयन युवती हानको नेतृत्वमा बारामा हुरी प्रभावितलाई सहयोग

पोखरा न्यूज  –  २५,  चैत । विनाशकारी हुरीका कारण  प्रभावित भएका बारा हर्दियाका स्थानीयलाई पोखरामा रहेकी एक क्यानडीयन युवतीको  नेतृत्वमा  सहयोग हस्तान्तरण गरिएको छ ।

सिइसिआई नामक संस्थामा कार्यरत स्वयमसेवीका क्यानडीयन नागरिक मिचायल हानको नेतृत्वमा बाराका हावाहुरी प्रभावित ५० घर परिवारलाई राहत स्वरुप खाद्य सामाग्रिको साथमा भाडाकुडाँ र लक्ता कपडा सहयोग गरिएको हो ।

विगत एक महिना देखि पोखरामा रहेकी हानले  बाराको अतिनै प्रभावित क्षेत्र स्वर्ण गाउँपालिका ४ स्थित हर्दियाका दलित बस्तीमा पुगेर ५० घर धुरीमा उक्त राहत सामाग्रि हस्तान्तरण गरेकी हुन्।

उनले आफ्ना क्यानेडीयन साथी भाइ र आफ्नी आमा छुलिङ जंग तथा  फिउजन एनलाईटिक कम्पनीका जाइ थाकरको सहयोगमा सामाजिक संजाल मार्फत सहयोगको आव्हान गर्दा करिब २ लाख ४० हजार सहयोग जुटेसंगै पोखरा लेकसाइडका पर्यटन व्यवसायी हेमराज पहारीको समन्वयमा आइतबार एक टोलीले हर्दियामा उक्त रहात सामाग्रि हस्तान्तरण गरेको हो ।

पोखराको सिटिइभिटिमा आइटि सम्बन्धि इन्टनशिप गर्न आएकी हानले नेपालको बारा र पर्सामा हावाहुरीले धेरै जनधनको क्षती भएको खवर पाएपछि केहि गर्न पाए हुन्थ्यो भन्ने हेतुले सहयोग जुटाएर प्रवाभित क्षेत्रमा आएको  बताइन ।

टोलीले मृतकका तीन जना परिवारलाई जनहि ५ हजार १ सय रुपैया समेत हस्तान्तरण गरेको छ । हर्दिया ४ का श्रीप्रसाद यादव, प्रभा अहिरोन र पशुरामपुर ८ का तरीखा खातुनका मृतकका आफन्तलाई क्यानेडीयन नागरिक हानले उक्त रकम राहत स्वरुप प्रदान गरेकी हुन्।

टोलीमा हान, पहारी सहित नेपाल पत्रकार महासंघ कास्कीका सह–सचिब दीननाथ बराल, सुनिल खत्रीको सहभागिता रहेको थियो भने स्थानिय समन्वयमा प्रकाश थारु र पत्रकार शंकर आचार्यले गरेका थिए ।

बाराका प्रभाविताहरुलाई आवश्यकताको आधामा स्थानियसंग समन्वय गरी विदेशबाट आएको सहयोग आफुहरुले वितरण गरेको पहारीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button