पोखरामा १ सय रुपैयाँ मै थकाली बराबरको स्वादिष्ट खाना !

पोखरा न्यूज – १३, वैशाख । पर्यटकिय दृष्टिकोणले केन्द्र मानिने सुन्दरनगरी पोखरा तुलनात्मक रुपमा महङ्गो ठाउँ मानिन्छ । हरेक व्यक्ति दैनिक दुई छाक टार्नका लागि दौडधुप गरिरहेको ब्यस्त पोखरा शहरमा जस्ताले छाएकोदेखी तिन तारे होटलसम्म छन् ।

होटलको स्तर अनुसारका स्वाद, सेवा तथा सुबिधा अनि उस्तै चर्काे मुल्य । यिनै कुराहरुलाई मध्यनजरमा राखेर  सोनु लिम्बुले पोखरा महानगरपालिका –९ न्युरोडमा (ट्रेडमल पछाडी) “पोखरा फुडल्याण्ड” सञ्चालनमा ल्याएकी छन्  ।

उंनले पोखरामा ब्राण्ड बनेको थकाली खानाका भन्दा स्वादमा कम नभएको दाबी गर्दै सस्तो मुल्यमा सेवा दिने उद्देश्य सहित पोखरा फुडल्याण्ड सञ्चालनमा ल्याएको जानकारी दिइन् । प्रायजसो अफिसमा काम गर्ने र ब्यस्त जिपनयापन गर्नेहरुलाई मध्यनजर गरेर उक्त फुडल्याण्ड सञ्चालनमा ल्याएको लिम्बुले बताइन् । कहिले काँही समय अभाव भएको खण्डमा समयको सदुपयोग गर्ने जो कोहीलाई हामीले सेवा दिने प्रयत्न  गरेका छौं, उनले भनीन्­ – ‘एक्लै बस्दा खाना बनाइ राख्न पनि गाह्रो हुनेहरुलाई लक्षित गरेर फुडल्यान्ड खोलेका हौं ।’ फुडल्याण्डमा चिकेन र भेज खाना मात्रै उपलब्ध हुने उनले बताइन् ।

उनका अनुसार सिङ्गल भेज खानालाई १ सय १० रुपैयाँ र दुईवटा भेज खाना २ सय रुपैयाँमा उपलब्ध हुनेछ भने मासिक रुपमा भेज खाना खादा ६ हजार र नन भेज खानका लागि १२ हजार पर्नेमा ५ सय रुपैयाँ डिस्काउन्ट गरि ११ हजार ५ सय पर्नेछ ।

‘मासिक भेज खाना खादा पर सटर्डे(शनिबार)  नन भेज खाना पाउँछ,’ उनले भने, ‘पर सर्टर्डे बोइल एग पनि दिने ब्यवस्था गरेका छौं ।’ भेज सँगै चिकन खाना समेत उपलब्ध हुने बताउदै उनले सिङ्गल खानालाई २ सय १० र डबल चिकेन खानालाई ४ सय निर्धारण गरेको जानकारी दिइन् । पोखरामा बढ्दो महङ्गीलाई चुनौति दिदै मुख्य भन्दा बढि गुणस्तरिय तथा स्वादिष्ट खानको साथमा सेवा सुबिधा दिने युवा ब्यबसायी लिम्बुले बताइन । उनका अनुसार फुडल्यान्डलाई सन् २०३० सम्ममा देशभरका शहरमा बिस्तार गर्ने लक्ष्य रहेको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Wish you accomplishe your objective sooner or later. Nice initiative.
    Rambazar ma ni Sakha kholnu paryo.
    Wish you best of luck.

  2. २१० रुपैयाँमा चिकेन खाना केही सस्तो होइन। एक सय दशमा भेज खाना पनि केही सस्तो होइन, वाइह्यात समाचार। बुटवलमा रु २५ मा सादा खाना पाइन्छ भन्ने पनि समाचार आयो, त्यो पक्का पनि सस्तो हो। तर यो बिशुद्ध बिज्ञापन हो।

    1. हामी पनी दिन सक्छ 210 ma chicken khana yo kuni. नौलो कुरो होइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button