बहाल कर वापतको करोडौं राजश्व गुमाउदै पोखरा महानगर

दीननाथ बराल, पोखरा न्यूज – १३, वैशाख । पोखरा महानगरपालिकाले बहाल कर वापतको करोडौं राजश्व उठाउन सकेको छैन् । संयन्त्रलाई चुस्त दुरुष्त पारेर बिद्यमान घर बहाल कर सम्बन्धि व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसक्दा पोखरा महानगरपालिकाले करोडौंको राजश्व गुमाउनु परेको हो ।

महानगरमा कुनै व्यवसाय संचालन गर्नु पर्दा वा ब्यबसायिक प्रयोजनमा अर्कोको भवन वा कोठा भाडामा लिदा व्यवसायीले भाडा शुल्क वापत १० प्रतिशत कर स्थानिय सरकारलाई तिर्नुपर्ने हुन्छ । पोखरा महानगरपालिकामा हालसम्म घर, कोठा तथा सटर भाडामा लियर कति जनाले व्यवसाय संचालन गरेका छन् भन्ने महानगरसंग यतार्थ तथ्याङक छैन् ।

गण्डकी प्रदेशको राजधानि पोखरामा हाल ३३ वटा वडाहरु रहेकाछन्। महानगरले बहाल कर उठाउने व्यवस्था सवै वडाबाट गरेको छ । तर पनि आसातित रुपमा कर संकलन हुन नसकेको विज्ञहरु बताउछन् ।  महानगरले समय समयमा सार्वजनीक सुचना जारी गरी व्यवसाय दर्ता गर्न आव्हान गर्दै आएको छ । महानगरको  तथ्याङ्क अनुसार हालसम्म पोखरा महानगरमा ३० हजार ९ सय १४ वटा साना ठुला व्यवसाय दर्ता रहेका छन् । महानगरमा उतिकै सङख्यामा व्यवसायहरु विना दर्ता संचालनमा रहेको बताइन्छ । पोखराका मुख्य बजार क्षेत्रमा ब्यबसायिक प्रयोजनका लागि करिब ८० प्रतिशत जसो घर घाडामा दिने वा लिने गरेको पाइन्छ ।

पोखरा महानगरले आर्थिक बर्ष २०७३/०७४ मा ३८ लाख ४६ हजार मात्र वहाल कर संकलन गरेको थियो । त्यसै गरी पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा ५१ लाख ४० हजार घर वहाल कर वापत राजश्य संकलन गरेको थियो ।  चालु आर्थिक बर्ष २०७५/७६ को वैशाख १२ गतेसम्म घर बहाल करमा  बृद्धि भएको देखिन्छ  । महानगरमा चालु आर्थिक बर्षको वैशाख १२ गतेसम्म ३ करोड ४६ लाख बहाल कर वापतको राजश्व संकलन भएको महानगरका कर अधिकृत शिवहरी शर्माले बताए । उनका अनुसार अझै पनि पोखरामा घर बहाल करबाट करोडौं रुपैया संकलन हुन सकेको छैन् । उनले भने “ कुनै व्यवसाय गरेका व्यक्तिहरुले आफ्नो बहाल कर अधिकाशंले तिर्ने गरेकाछन तर केहि व्यवसायीहरु दर्ता प्रकृयामा आएका छैनन्।

”२०५५ साल देखी २ प्रतिशत वहाल कर संकलन गरेको महानगरले स्थानीय स्वायत्त सासन ऐन  लागु भएपछी आर्थिक बर्ष २०७४/०७५ को अन्तिम ३ महिनामा १२ प्रतिशत वहाल कर संकलन गरेको थियो । महानगले २०७५ साउन देखि १० प्रतिशत वहाल कर संकलन गर्न थालेको कर अधिकृत शर्माले बताए । नगरपरिषदले १२ प्रतिशतलाई घटाएर १० प्रतिशत लागु गर्ने निर्णाय बमोजिम चालु आर्थिक बर्षको साउन देखि १० प्रतिशत वहाल कर संकलन गर्न सुरु गरिएको उनले जनाए ।

यता महानगरमा व्यवसायको दर्ता तथा नविकरण शुल्कबाट आर्थिक बर्ष २०७३/०७४ मा १ करोड ६८ लाख राजश्व संकलन भएको थियो । २०७४/०७५ मा दर्ता तथा नविकरण शुल्क बापत ३ करोड ६७ लाख राजश्व संकलन भएको कर अधिकृत शर्माले बताए । त्यसै गरी चालु आर्थिक बर्ष २०७५/०७६ को वैशाख १२ गतेसम्म ४ करोड ४४ लाख राजश्व संकलन भएको महानगरले जनाएको छ । दर्ता बाहिर रहेको झन्डै आधाको संख्यामा रहेका ब्यबसायको  दर्ता र नबिकरण बराबरको  त्यतिनै राजश्व समेत महानगरले गुमाउदै आएको छ ।

पोखरा महानगरमा घर भाडा दर निर्धारण हुन् नसक्दा घर धनिहरुले मनोमानि रुपमा  घर भाडामा बस्नेहरुसंग रकम अशुल्ने तर आयकर छल्ने नियतले कम भाडाको कागज गरिदिने गरेको नेपाल राष्ट्रिय घर भाडा सरोकार समितिका महासचिव कमल प्रसाद न्यौपानेले दाबी गरे । कतिपय ब्यबसायीले ब्यबसाय दर्ता गर्न घर धनीसँग घर भाडा सम्झौता गर्न चाहेपनि ह्वात्तै भाडा बढाउने नियतले  लिखित समझौता गर्न नमान्दा व्यवसायीलाई दोहोरो मर्का पर्ने गरेको न्यौपानेले बताए ।

पोखराको मुख्य बजार क्षेत्रमा घरधनीले व्यावसायीलाई ट्रयापमा पारी एउटा सटरको १ लाख देखि ३० लाख सम्म एड्भान्स लिने गरेको महासचिव न्यौपानेले दाबी गरे । अवैध ढंगबाट व्यवसायीसंग शुल्क लिने र राज्यलाई तिर्नु पर्ने कर  पनि नतिर्ने घर भाडामा लगाउदा घर धनिले पुरा गर्नु पर्ने मापदण्ड पनि पुरा नगर्ने गरेको उनले गुनासो गरे । पोखराको मुख्य बजार क्षेत्रमा करिब ८० प्रतिशत जसो घर भाडामा लगाइएको महासचिव न्यौपानेले जनाए । उनिहरुमध्येका ८० प्रतिशतले घरभाडा बापतको आयकर समेत नतिरेको न्यौपानेले उल्लेख गरे ।

अर्थशास्त्री लेखनाथ भट्टराइले वहाल करमा प्रभावकारी ढंगले राजश्व संकलन गर्न नसक्दा करोडौंको राश्जव गुमेको दाबी गरे । उनले भने “ व्यवसायीले घर धनीसंगको मिलेमतोमा नक्कली सम्झौता गरेर महानगरलाई न्यून शुल्क तिर्छन तर घर घनिलाई लाखौंको भाडा तिर्ने गर्छन, यसलाई महानगरले नियमन गर्न सके कम्तिमा १० गुणा बढी राजश्व बृद्धि हुन्छ । ” प्राय गरी ठुला व्यवसायीले भाडा कर बापतको लाखौं कर छलि गर्ने गरेको उनले जनाए । महानगरले यसको सहि तथ्याङक संकलन गरी अनुगमन गर्न सके राजश्वमा भारी बृद्धि हुने अर्थशास्त्री भट्टराइको भनाइ छ । महानगर सचेत बनेको खण्डमा गुमेको धेरै रावश्व संकलन हुने  उनले जनाए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button