पोखरा पृथ्वीचोक-नागढुङ्गा सडक क्षेत्रमा ४४ चौतारा बनाइने

पोखरा न्यूज -१६, वैशाख । पोखरा महानगरपालिका वडा नम्वर ८ स्थित पृथ्वीचोकदेखि नागढुङ्गासम्म सडक छेउमा हुर्किएका वृक्षाक्षाहरुको संरक्षण तथा सौन्दर्यकरणका लागि चौतारीहरु निर्माण हुने भएको छ ।

महानगर,वडा नम्वर ८ का वडाध्यक्ष रुद्रनाथ बरालले सोमबार एक कार्यक्रमका विच चौतारी निर्माण कार्यको शिलन्यास गरे । निर्माण कार्यको शिलन्यास गर्दै वडाध्यक्ष बरालले पोखरालाई हरित सहर बनाउनका लागि वृक्षारोपणको खाँचो रहेको औल्याए । उनले वृक्षारोपण गरेर मात्रै नहुने, हुर्किएका वृक्षाहरुको उचित संरक्षण पनि गरिनुपर्नेमा जोड दिए । त्यसैका लागि स्थानियसंगको सहकार्यमा चौतारी निर्माण कार्यलाई अगाढी बढाएको उनले बताए ।

कार्यक्रममा बोल्दै इन्जिनियर सुरेन्द्र पौडेलले पोखरा कंक्रिट जंगल बन्दै गएकोमा चिन्ता व्यक्त गरे । बढ्दो शहरिकरण तथा अव्यवस्थित बसोवास पोखराका चुनौती बन्दै गएको इन्जिनियर पौडेलले बताए । हाम्रो देशलाईपनि जलवायु परिवर्तनको असरले छोएको बताउँदै यसबाट जोगिन वृक्षारोपण तथा संरक्षण महत्वपूर्ण कार्य भएको उल्लेख गरे ।

वडा सदस्य समेत रहेका चौतारी निर्माण अनुगमन समितिका संयोजक पुष्पराज सिग्देलले पृथ्वीचोक–नागढुङ्गा विमानस्थल नजिकैको क्षेत्र भएकाले पोखरा आउने पर्यटकहरु यहि बाटो हिंड्ने हुँदा यसको सौन्दर्यकरण जरुरी भएको बताए । एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष सावित्री घिमिरेले वृक्षासंरक्षणका लागि बन्दै गरेको चौतारी निर्माण कार्यमा हातेमालो गर्ने बताइन् ।

कार्यक्रम सञ्चालन गर्दै नागढुङ्गा चौतारी निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद लामिछानेले झण्डै सात सय मिटर क्षेत्रफलमा ४४ वटा चौतारी निर्माण गरिने जानकारी दिए । समितिले अघि सारेको कार्यक्रमलाई आत्मासाथ गर्दै आर्थिक सहयोग उपलब्ध गराएकोमा महानगर तथा वडालाई पनि धन्यबाद ज्ञापन गरे । वडाले ल्याउने विकास निर्माणका कार्यमा आगामी दिनहरुमा पनि सहकार्य गरिने नागढुङ्गा युवा क्लवका अध्यक्ष समेत रहेका लामिछानेले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button