खाल्डोमा डुबेर २ वर्षीय नाबालकको मृत्यु

पोखरा न्यूज – ०९, साउन । अविरल वर्षासँगै पानी जमेको खाल्डोमा डुबेर सिरहाको गोलबजार नगरपालिका–२ तेतरियामा एक नाबालकको हिजो साँझ मृत्यु भएको छ ।

घर नजिककै पानी जमेको खाल्डोमा डुबेर स्थानीय सन्तोष शाहको दुई वर्षीय छोरा अङ्कितकुमार शाहको मृत्यु भएको हो ।

डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि आरके मेडिसिटी धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button