तनहुँमा स्कोरपियोले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

पोखरा न्यूज – १३, कार्तिक ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा१४च ९८०६ नंको स्कोरपियोले विपरीत दिशाबाट जाँदै गरेको बा६६प ९३८४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बानियाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा स्कुटर चालक २४ वर्षीय अमृत बानियाँ घाइते भएका छन् । मृत्यु हुने महिला आमा र घाइते युवा छोरा हुन् । स्कुटरलाई ठक्कर दिने स्कोरपियो र चालक प्रहरी नियन्त्रणमा छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button