पोखरा न्यूज – १९, मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भन्ने सहल सुनार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरिएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए ।
प्रहरी उपरीक्षक नवराज भट्टले भने, “पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।” सोनार गलकोट नगरपालिका – ४ भयरखर्कका बासिन्दा भएको बताइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution