बस र अटोरिक्सा ठोक्किँदा २६ को मृत्यु

पोखरा न्यूज – १५ , माघ । भारतको महाराष्ट्रमा बस र अटोरिक्सा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ ।

मङ्गलबार महाराष्ट्र राज्यको नासिक जिल्लामा भएको घटनामा बस र अटो ठोक्किएपछि दुवै साधन सडक छेउको कुवामा खसेका थिए । बस र अटो दुवै ६० फिट गहिरो कुवामा खस्दा त्यहाँ सवार यात्रुहरुको मृत्यु भएको हो ।

कुवाबाट बस निकालिएसँगै १५ मृतकको शव फेला परेको थियो भने अन्य ११ को शव बस निकाल्न भन्दा पहिले नै उद्धारका क्रममा फेला परेको थियो ।

मृत्यु हुनेमा १३ महिला र १३ पुरुष रहेको जनाइएको छ । घटनामा दुईजना दुई वर्षका बालबालिकाको पनि मृत्यु भएको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उद्धारका लागि कुवाबाट पम्प गरेर पानी र हिलो निकालिएको थियो । घटनामा थुप्रै यात्रु घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ ।

घाइतेहरुको मालेगाउँ र देवलाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बसमा ४२ यात्रु र अटोमा १० यात्रु सवार रहेको पनि जनाइएको छ ।

महाराष्ट्र राज्य सडक यातायात कर्पोरेसनको उक्त बस विपरीत दिशाबाट आइरहेको अटोरिक्सासँग ठक्कर खाएको थियो । बस महाराष्ट्रको धुले जिल्लाबाट नासिकको कल्वानतर्फ आइरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button