टाउकोमा रड प्रहार गरी बुवाको हत्या

धनुषा।  गए राति आइतबार  एक युवकले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् ।

धनुषाको शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनीले रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरायसी कुरामा झगडा परेपछि बुवाको टाउकामा रड प्रहार गरी छोराले हत्या गरेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए ।

प्रहरीका अनुसार नथुनीले बुवासँग पैसा मागेको र नदिएपछि दुवै जनाबीच विवाद भएर झगडा भएको थियो । सोही क्रममा आवेगमा आएका नथुनीले रड लिएर सुखियाको टाउको पछाडि हानेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए ।

हत्या गरी फरार रहेका नथुनीलाई आज बिहान इलाका प्रहरी कार्यालय यदुकूहाको टोलीले पक्राउ गरेको छ । नथुनीलाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक केसीले बताए । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button